बागुङ । काठेखोला गाउँपालिका वडा नं. ४ मा स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई जिताउन युवा परिचालन समिति गठन भएको छ ।
Advertisement
बुधबार साविक तंग्राम (३) को टोल भेलाले युवा परिचालन समिति गठन गरेको हो ।
दल बहादुर थापाको सञ्चालनमा सम्पन्न भेलामा राजमो बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रम, अखिल (छैठौं) का पूर्वजिल्ला सचिव कृष्ण पुन र राजमो साविक ३ का अध्यक्ष हरिभक्त थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।
भेलाले काठेखोला गाउँपालिका वडा नं.४ (तंग्राम–३)को स्थानीय निर्वाचनका लागि दल बहादुर थापाको संयोजकत्वमा ३१ सदस्यीय युवा परिचालन समिति चयन गरेको छ ।