काठमाडौँ । राप्रपा नेपाल चितवनका जिल्ला अध्यक्ष विष्णुप्रसाद खरालको घरमा एक समूहले तोडफोड गरेको छ ।
Advertisement
भरतपुर महानगरपालिका–५ स्थित घरमा गएराति तोडफोड भएको हो ।
तोडफोडबाट घरका झ्यालका सिसाहरु फुटेका छन । घरमा तोडफोड गर्नेको पहिचान नभएको प्रहरीले जनाएको छ।
आक्रमण गर्नेलाई पहिचान गरी कानुनअनुसार कारबाही गर्न राप्रपाले स्थानीय प्रशासनसँग माग गरेको छ।