• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘जातीय समस्यालाई वर्गीय मुक्ति आन्दोलनसँग जोड्न आवश्यक’


  •   शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
  • काठमाडौं । जातीय समता समाज र अखिल नेपाल जनजाती सम्मेलनको ३५ औँ स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौंको वागबजारमा जातीय समता समाज र अखिल नेपाल जनजाती सम्मेलनले संयुक्त कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएका हुन् ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर मगरले जातीय आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर संघर्ष अगाडि बढाउनुपर्ने बताउनुभयो । जातीय समस्यालाई विशुद्ध जातीवादी दृष्टिकोणले हेर्दा समाजमा जातीय द्न्द्व र विग्रह मात्रै उत्पन्न हुने उहाँले बताउनुभयो ।

    ‘एनजीओ, आईएनजीओ लगायत जातीवादीहरुले जनजाती र दलितका समस्यालाई केवल जातीय दृष्टिकोणले मात्रै हेर्ने गर्दछन् । त्यसले समस्याको समाधान होइन, समाजमा विग्रह ल्याउँछ’ बुढाले भन्नुभयो, जातीय समस्यालाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर संघर्ष अगाडि बढाउनुपर्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै विभिन्न जाती, क्षेत्र, समुदायको समस्याविरुद्ध संघर्ष अगाडि बढाउन सकिन्छ ।’

    कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले वर्तमान व्यवस्थाभित्रबाट गरिने आन्दोलनले सामान्य सुधार हुनसक्ने भन्दै दक्षिणपन्थीहरुले यही व्यवस्थाभित्र सामान्य सुधारमा जोड दिने र वामपन्थी संकीर्णवादले कुनै पनि सुधार र आन्दोलनलाई वेवास्ता गर्ने समस्या रहेको बताउनुभयो ।

    ‘क्रान्तिकारीहरु परिस्थितीको ठोस विश्लेषण गरेर प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्छन्’ रेग्मीले भन्नुभयो, ‘जातीय समस्याविरुद्ध पनि प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्छ । सामान्य सुधारमा सन्तोष गरेर हामी बस्दैनौं ।’

    कार्यक्रममा नेकपा (मसाल) बागमती प्रदेश प्रवक्ता समीर सिंहले पार्टीमाथि चौतर्फी हमला भइरहेको उल्लेख गर्नुभयो । पार्टी सदस्यहरुको दृढता र स्पष्ट विचारबाटै पार्टीमाथि भइरहेका आक्रमणको सामना गर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा वक्ताहरुले राष्ट्रियता र जनतन्त्रको रक्षा, भ्रष्टाचार निवारण, संघीयताको खारेजी, जातीय मुक्तिलगायत आन्दोलनलाई अगाडि बढाउन आगामी स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए।

    अखिल नेपाल जनजाती सम्मेलनका बागमती प्रदेश अध्यक्ष दावा लामाको अध्यक्षतामा भएको कार्यक्रममा जातीय समता समाजका महासचिव भक्त विश्वकर्माले पनि शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्य लक्ष्मी केसी, काठमाडौं जिल्ला अध्यक्ष झविन्द्र बेलवासे, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय सदस्य रितु केसी, अखिल नेपाल बुद्धिजीवी संघका महासचिव भरतमणि भण्डारी, शिक्षक संघका प्रतिनिधि भोला ढकाल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का प्रेम मोक्तान, नेकपा (मासल) काठमाडौंका प्रवक्ता जगत रेग्मी, युवक संघका केन्द्रीय सल्लाहकार रमेश पौडेल, युगदर्शनका सम्पादक विद्यानाथ अधिकारी, किसान संघका जिल्ला अध्यक्ष केबी घलेलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.