कसैको घरभित्र पस्न रमाउनेहरूको कमी छैन यहाँ
कसैको हातबाट भुईंमा खस्न नपाउँदै रमाउनेहरूको कमी छैन यहाँ ।
Advertisement
मेहनतको फल खान पनि गाह्रो छ हाम्रो समाजमा
चोरेरै अघाउनेहरूले डस्न रमाउनेहरूको कमी छैन यहाँ ।
उहिल्यै कसैले पसिना बगाएर जोरेको सम्पत्तीमा
जोगी बनी खरानी घस्न रमाउनेहरूको कमी छैन यहाँ ।
कति धेरै प्रसव पिडा सहेर जन्माएको सन्तानले पनि
आमा छोडी अरूसँगै बस्न रमाउनेहरूको कमी छैन यहाँ ।
मेहनतमा बाँच्न सिक मनुवाहरू, आफ्नै कमाई मिठो हुन्छ
धोका दिँदै बाटो कस्न रमाउनेहरूको कमी छैन यहाँ ।
(हेमलाल गौतम, केन्द्रीय सदस्य, जापान नेपाली एकता समाज)