रवि पौडेल
आस्था नगुमाउनू मन जलेर आउँछ
विश्वास नगुमाउनु मुटुकलेजो फुट्छ
राष्टघातीलाई परास्त गर्न गिलासमा भोट दिनू
इतिहासमा लेखिने छ तपाईंको एउटा चिनू
अन्यायको भण्डारण तोड्नु छ अब
राष्टप्रेमीले राष्टिय जनमोर्चा रोज्नु छ अब
सङ्घीयता असफल भयो भत्काउनु छ अब
गिलासमा मतदान गरी खारेज गराउनु छ अब
एम.सी.सी. पास भयो रणभूमि बन्छ नेपाल
गिलासमा भोट दिनुस् अनि रहन्छ नेपाल
नदीनाला बेचेर खानेलाई भोट दिन्न भन्नुस्
उद्योगधन्दा खोल्नु छ राष्ट्रिय जनमोर्चा रोज्नुस्
स्वास्थ्य र शिक्षा गरिबका लागि भएन कहिल्यै
राष्ट्रिय जनमोर्चा पार्टी रोज्नुस् न अहिल्यै
लुट र भ्रष्टाचार बढी भयो देशमा
राजमोले भ्रष्टाचार हटाउने छ देशमा
हत्या, हिंसा हटाउनु छ अहिले
गिलास चिह्नमा भोट दिनुस् अहिले
खाडी मुलुकबाट युवाहरू बोलाउनु छ
रोजगारीको व्यवस्था दिलाउनु छ
आस्था, विश्वास र भरोसा गर्नू सबैले
वैशाख ३० गते गिलासमा भोट दिनू सबैले
विदेशीका गुलामी लम्पसारवादीलाई हराउनु छ
गिलासमा भोट खसाली बाकस भराउनु छ
सीमा जोगाउन नसक्नेलाई किन भोट दिने
राष्ट्रप्रेमी जनमोर्चालाई सबैले भोट दिने
भ्रष्टाचार र महङ्गी बढी छ अहिले
गिलासमा भोट दिएर रोक्नुपर्छ अहिले
नेपाली लाई ऋणैऋणको भारी भएको छ
ऋणमुक्त हुन राजमोलाई भोट दिनैपर्ने भएको छ
सधैँभरि दुःखको जिन्दगी नबिताउनुस्
समानता पाउन राजमोलाई जिताउनुस
राष्ट्रघातीहरू अहिले यो चुनावमै चिन्नुपर्छ
वैशाख ३० गते गिलासमै भोट दिनुपर्छ ।
गिलासमा भोट दिनुपर्छ
राष्ट्रियताको शपथ लिनुपर्छ ।