• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमोको घोषणापत्र : संघीयता खारेजी र स्थानीय तहलाई बलियो बनाउन जोड


  •   बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा आयोजित एक समारोहबीच अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

    Advertisement

    कार्यक्रममा जनमोर्चाका महासचिव मनोज भट्ट, राष्ट्रिय सभा सदस्य तुलबहादुर विक (राजेश), लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।

    पाँच दलीय चुनावी गठबन्धनमा सामेल जनमोर्चाले संघीयताको खारेजी तथा प्रदेश संरचना हटाउन र स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने माग गर्दै आएको छ ।

    (२०७८ साल चैत्र ३० गते रूपन्देहीको बुटवलमा राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन घोषणा पत्र २०७९ को सार्वजनिकीकरण कार्यक्रमको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष का. चित्रबहादुर केसीद्वारा जारी)

    प्रेस विज्ञप्ति
    पत्रकार मित्रहरू,
    सर्वप्रथम राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन घोषणा पत्र २०७९ सार्वजनिकीकरण कार्यक्रममा उपस्थित सबैलाई हार्दिक स्वागत गर्दछु। राष्ट्रिय जनमोर्चाले २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको छ। स्थानीय निर्वाचनमा भाग लिने क्रममा निश्चित प्रतिबद्धताका साथ हाम्रो पार्टी नेपाली जनताका बीचमा जाने छ देशको विद्यमान राजनीतिक अवस्थाको विश्लेषण तथा निर्वाचनमा विजयी भएपछि हामीले पूरा गर्ने प्रतिबद्धतालाई समेटेर राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचन घोषणा पत्र २०७५ तयार पारी आजको मितिमा जारी गरेको छ घोषणा पत्रले समेटेका प्रतिबद्धता कार्यान्वयनका लागि जनताको अभिमत प्राप्त गर्न राष्ट्रिय जनमोर्चाका उमेदवारहरू चुनावी मैदानमा उत्रिने छन् घोषणा पत्रले समेटेको विद्यमान राजनीतिक परिस्थितिको विश्लेषण तथा प्रतिबद्धतालाई बुंदागत रूपमा संक्षिप्तमा प्रस्तुत गर्न चाहन्छु।

    (१) राष्ट्रिय जनमोर्चाले २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मूल नारा ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं संघीयता खारेज गरौं!!’ तय गरेको छ गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं । संघीयता खारेज गरौं भन्ने मूल नारा अन्तर्गत राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

    (२) विद्यमान व्यवस्था अन्तर्गत हुने निर्वाचनलाई संसारभरिका क्रान्तिकारी कम्युनिस्टहरूले कार्यनीतिक रूपमा लिने गर्दछन् रणनीतिक रूपले चुनावको उपयोग वा बहिस्कार गर्नुलाई गलत मान्दछन् सङ्घर्ष, सङ्गठन, विश्व कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, देशको राजनीतिक अवस्था लगायतका पक्षहरूलाई ध्यान दिएर निर्वाचन सम्बन्धी नीति निर्धारण गर्नुपर्ने हुन्छ सङ्घर्षले राष्ट्रव्यापी रूप लिएको अवस्थामा निर्वाचनको बहिस्कार तथा सङ्घर्ष मत्थर भएको अवधिमा क्रान्तिको घुमाउरो बाटो अर्थात् शान्तिपूर्ण सङ्घर्ष अन्तर्गत चुनावको उपयोगको कार्यनीति अपनाउनु सही हुन्छ । घोषणा पत्रले सङ्घर्ष, सङ्गठन, विश्व कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, देशको तात्कालिक राजनीतिक परिस्थिति तथा २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिमाथि बढी रहेको खतरा लगायतका विभिन्न पक्षमाथि ध्यान दिँदै स्थानीय तहको निर्वाचनलाई उपयोग गर्नु पर्ने नीति अपनाउनु सही हुने विश्लेषण अगाडि सारेको छ।

    (३) राष्ट्रिय जनमोर्चाले प्रतिक्रियावादी व्यवस्था अन्तर्गत पनि स्थानीय निकाय वा तहलाई अधिकार सम्पन्न बनाउन जोड दिँदै आएको छ। स्थानीय निकाय वा तह दैनिकरूपले स्थानीय जनताका समस्या सेवा तथा विकाससँग प्रत्यक्षरूपमा जोडिन्छ। त्यसैले स्थानीय निकाय वा तह जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनतासँग जीवित सम्बन्ध कायम गर्न जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसको महत्वपूर्ण भूमिका रहेको छ। त्यसैले राष्ट्रिय जनमोर्चाले स्थानीय निकाय वा तहलाई महत्व दिँदै आएको छ बहुदलीय कालमा स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन तथा केन्द्रीय सरकारको हस्तक्षेपबाट यसलाई अलग राख्न, यहाँसम्म कि सशस्त्र द्वन्दको अवस्थामा स्थानीय निकायमाथि केन्द्रीत गरिएको प्रहारका विरुद्ध सङ्घर्ष गरेको इतिहास रहेको छ गणतन्त्रको स्थापना पश्चात् स्थानीय निकायको निर्वाचन गराउन तथा स्थानीय निकायलाई जनप्रतिनिधि बिहीन बनाउने प्रवृत्तिका विरुद्ध झन्डै एकदशक हामीले संघर्ष गरेका थियौ । संघर्षका क्रममा क्षेत्रीय आमहड्ताल जस्ता सङ्घर्षका उच्चरूप अपनाउन समेत राष्ट्रिय जनमोर्चा बाध्य भएको थियो। संविधानसभाबाट संविधान निर्माणको क्रममा हाम्रो पार्टीले जनताको स्थानीय स्वशासनको अधिकारलाई संविधानको मौलिक हकअन्तर्गत समावेश गर्नुपर्ने माग अगाडि सारेको थियो यद्यपी यो मागलाई संविधान निर्माणमा सङ्लग्न अन्य दलहरूले उपेक्षा गरेका कारण जनताको स्थानीय स्वशासनको अधिकारलाई मौलिक हकका रूपमा संवैधानिक व्यवस्था गर्न सकिएन। वर्तमान संविधानले स्थानीय तहलाई संवैधानिक मान्यता दिएको छ। कुनै पनि अवस्थामा जनताको स्थानीय स्वशासनको अधिकार कुण्ठित हुनु हुँदैन। तर संघीयता कारण स्थानीय तहलाई कमजोर गरेर प्रदेशलाई बलियो बनाउने प्रवृत्ति पनि पाइन्छ। त्यसैले प्रदेशलाई खारेज गरेर स्थानीय तहको अधिकार तथा जनताका स्थानीय स्वशासनको अधिकारलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।

    (४) स्थानीय तहको निर्वाचन घोषणा पत्र २०७९ ले यो ठहर गरेको छ कि स्थानीय तहको निर्वाचन विषम राजनीतिक परिस्थितिमा हुन गैरहेको छ नेपालमा स्थापित गणतन्त्रका विरूद्ध शुरूदेखि नै राजावादी तथा भारतीय साम्राज्यवादले खुल्ला तथा छद्म प्रकारले षड्यन्त्र गर्दै आएका छन्। गणतन्त्र स्थापना भएको १५ वर्षको अवधिमा १४ वटा सरकार परिवर्तन भएका छन् तर जनताका जनजिवीकाका समस्या झन् पछि झन् गम्भीर हुँदै गएका छन्। भ्रष्टाचार बढ्दो छ। जसको परिणाम गणतन्त्रवादी शासकहरूको कुशासनबाट जनतामा व्यापक असन्तोष छ । यो असन्तोषलाई गणतन्त्रका विरुद्ध प्रयोग गरेर त्यसलाई प्रतिगामी दिशा दिने लगातार प्रयत्न भइरहेको छ। विगतमा गणतन्त्रका लागि सङ्घर्ष गरेको नेकपा (एमाले)को नेतृत्वमा फासिवादी तथा प्रतिगामी प्रवृत्ति देखिएको छ। राजावादी तथा फासिवादी यी दुईटा बेग्ला बेग्लै धारा गणतन्त्रका विरुद्ध एक हुन सक्ने सम्भावना पनि देखिएको छ। उपरोक्त सबै परिस्थितिमाथि ध्यान दिंदा गणतन्त्र समाप्त हुने तथा मुलुक प्रतिगमन वा अधिनायकवाद तर्फ जाने खतरा रहेको छ। उक्त खतराका विरूद्ध पाँचदलीय गठबन्धनले संघर्ष गर्दै आएको छ जुन सही छ। एमसीसीलाई संसदबाट पारित गरिएका कारण हाम्रो पार्टी पाँचदलीय गठबन्धनबाट अगल परेपनि स्थानीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न पाँचदलीय गठबन्धनसँग सहकार्य गर्ने नीति अपनाएको छ।

    यस्तो छ जनमोर्चाको चुनावी घोषणापत्र –

    बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.