बागलुङ । राष्ट्रिय जनमोर्चा तंग्राम ५मा निर्वाचनलाई लक्षीतगरि महिला परिचालन समिति गठन भएको छ । सोमबार भएको टोल भेलाले महिला परिचालन समिति गठन गरेको हो ।
Advertisement
सीता किसानको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, अखिल नेपाल वुद्विजीवि संघका केन्द्रीय सदस्य कमला थापाले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा राजमो काठेखोलाका सचीव टिका संगम विक, अखिल नेपाल भुतपूर्व सैनिक संघका जिल्ला सचिव थिरबहादुर राना र राजमो तंग्रामका सचिव शसबहादुर विक लगायतको आतिथ्यता रहेको थियो ।
भेलाले मनरुपी थापको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन महिला परिचालन उपसमिति साविक तंग्राम–५ मा गठन गरेको छ ।