काठमाडौं । राष्ट्रिय जनमोर्चालाई विजयी गराउन आह्वान गर्दै कलाकारहरुले चुनावी गीत सार्वजनिक गरेका छन् ।
Advertisement
रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले ‘राष्ट्रिय जनमोर्चा उर्लियो देशैभरी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतमा राष्ट्रिय जनमोर्चाको राजनीतिक एजेण्डालाई आकर्षक ढंगले प्रस्तुत गर्दै चुनाव चिह्न गिलासमा भोट हाल्न आह्वान गरिएको छ ।
प्रस्तुत गीतको शब्द तथा संगीत लीला परियारको रहेको छ भने स्वर लीला परियार र पम्फा बन्जाडेले दिनुभएको छ ।
प्रिज्म डिजिटलमा रेकर्डिङ गरिएको गीतको एरेन्ज विश्वास नेपाल र सम्पादन गोविन्द अनेकले गर्नुभएको छ भने मिक्सिङ सुकुराम रसाइलीको रहेको छ ।
गीतको प्रकाशन संयोजन नवीन बस्यालले गर्नुभएको हो ।