बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वार्ड न. १० दर्लिङमा राष्ट्रिय जनमोर्चाको निर्वाचन सम्बन्धी वडा भेला सम्पन्न भएको छ ।
Advertisement
भेलामा राजमो गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, राजमो बडिगाड गाउँपालिकाका सचिव ईश्वमान विकलगायत नेताहरुले मन्तव्य राख्नु भएको थियो ।
भेलाबाट पूर्ण बहादुर विकको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति, युक्ति प्रसाद विकको संयोजकत्वमा ३३ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति र नवीन विकको संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक परिचालन समिती चयन गरिएको छ ।
आगामी दिनमा बाँकी रहेका टोलहरुमा समिति गठन गर्ने र जनभेटघाट तथा घरदैलो गर्ने निर्णय भेलाबाट गरिएको छ ।
कार्यक्रम युक्ति प्रसाद विकको सन्चालन, पूर्ण बहादुर विकको अध्यक्षता र यम बहादुर बुढाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।