आँगनमा निस्केर छिमेकीले सुन्नेगरी
धारामा पानी आएन भन्नु किन पर्यो ?!
रिनको ब्याज कति लायो भन्दै औँला भाँचेर
दिनकादिन गन्नु किन पर्यो ?!
बिरामी हुँदा सिटामोल पाइएन,
पाइएन त पाइएन, पाइएन भन्नु किन पर्यो ?!
खेती लाउने बेलामा मल पाइँदैन
सबैलाई थाह छ, बढी जान्ने किन बन्नुपर्यो ?!
नेताले आफन्तलाई बनायो त बनायो,
आफैँले बनाएको नेता होइन ?! बनायो भन्नु किन पर्यो ?!
देश भन्दा अग्लो भ्यू टावर बनिसकेपछि
देश बन्नु किन पर्यो ?!
Advertisement
अर्जुन पराजुली