इटहरी । सुनसरीमा ५ दलीय गठबन्धनले वडा तहसम्म तालमेल गर्ने निर्णय गरेका छन् । बुधबार बसेको गठबन्धनको बैठकले वडा स्तरसम्म तालमेल गर्न संयुक्त संयन्त्र समेत बनाएको छ।
Advertisement
संयन्त्रमा कांग्रेस सचिव वीरेन्द्र साह, माओवादीका मुक्साहाङ मेन्याङ्बो, नेकपा (एकीकृत समाजवादी) का सचिव वसन्त सुवेदी, जसपाका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी रहनुभएको छ ।
कार्यदलले स्थानीय पालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गतसम्म प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।
गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको प्रेस विज्ञप्तिमा जनाइएको छ।
