कृष्ण केसी, चितवन ।
राष्ट्रिय जनमोर्चा भरतपुर नगरपािलकाको वडा नम्बर १८ मा चुनावी सम्पक कार्यालयको उद्घाटन भएको छ । मंगलबार भरतपुरको शिशिनगरमा एक कार्यक्रम बिच पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।
राजमो जिल्ला उपाध्यक्ष अमरबहादुर क्षेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै राजमो राष्ट्रिय जनमोर्चा एउटा मात्र इमानदार, कर्तव्यनिष्ठ र जनताको पार्टी भएको बताउँदै नेपाली जनतालाई बुझ समय लागेको बताउनु भयो । उहाँले राजमोको विचार महान र राम्रो भएकोले नराम्रो विचारलाई एकदिन अवस्य पराजय गर्ने बताउनु भयो ।
त्यस्तै, राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला सदस्य कृष्ण केसीले नेकपा (मसाल) को अन्तिम लक्ष्य जनवाद, समाजवाद र साम्यवादसम्म जाने भएको बताउनु भयो । उहाँले अहिलेको पुँजीवादी राज्य व्यवस्थामा त्यो सम्भावना कम भएकोले जनताको दैनिक सरोकारको विषय उठाउनको लागि राष्ट्रिय जनमोर्चाले भरतपुर महानगर पालिकाका धेरै वडाहरुमा आफ्नो उमेदवार उठाउने बताउनु भयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का सदस्य तुलबहादुर भण्डारी, समाज सेवी मिना पौडीले, भुवानि प्रसाद सिग्देल, चित्रबहादुर रिमालले शुभकामाना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा दलबहादुर केसी (सुवेदी)को संयोजकत्वमा २५ सदस्यीय चुनाव परिचाल समित पनि गठन गरिएको छ ।
मनोज केसीको सञ्चालन तथा राष्ट्रिय जनमोर्चा १८ का वडा अध्यक्ष दिलबहादुर सुवेदीको अध्यक्षताबाट सुरुभएको कार्यक्रममा सचिव कमला केसीले स्वागत गर्नुभएको थियो ।
यसैबीच भरतपुर महानगरमा राष्ट्रिय जनमोर्चासहित चार दलले मिलेर चुनावमा भाग लिने निर्णय गरेका छन् ।
