बुटवल । प्रगतिशील पत्रकार संघ, नेपाल रुपन्देहीको प्रथम सम्मेलन सम्पन्न भएको छ । आइतबार बुटवलमा भएको सम्मेलनबाट वीरेन्द्र कुँवर अध्यक्ष रहेको १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्ष सुरेन्द्र रेग्मी, सचिव टेकराज भुसाल, सहसचिव प्रकाश जिसी र कोषाध्यक्ष शारदा पाण्डे चयन हुनुभएको छ । सदस्यहरुमा दीपा विक, शुरेस आचार्य, भानुभक्त शर्मा, राम खड्का, विमल खरेल, अनिल थापा रहनुभएको छ भने दुई स्थान पछि पदपुर्ती गरिने छ ।
सम्मेलनबाट सुमन अधिकारी, श्यामलाल पोखरेल र गंगालाल सापकोटालाई सल्लाहाकारमा चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रगतिशील पत्रकार संघका सल्लाहकार सुमन अधिकारीले नेपाली पत्रकारिताको क्षेत्रमा विचारको पनि पत्रकारिता हुने बताउनुभयो ।
पत्रकारितामा अनुशासन र सक्रियता आवश्यक पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य, ढुण्डीराज पौडेल, अखिल (छैठौं)का केन्द्रीय सचिव सरोजमान सिंह, पत्रकार टिकाराम घिमिरे लगायतले बोल्नुभएको थियो । संघका अध्यक्ष श्यामलाल पोखरेको अध्यक्षता र विरेन्द्र कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।