बागलुङ बजार । राष्ट्रिय जनमोर्चाले बागलुङ ढोरपाटन नगरपालिकाको वडा नं. ४ मा सभा सम्पन्न गरेको छ । स्थानीय तह चुनावको तयारीको सम्बन्धमा २०७८ चैत १९ गते राजमोले सो कार्यक्रम सम्पन्न गरेको हो ।
सभालाई सम्बोधन गर्दै राजमो बागलुङका नेता गौरिश्वर पाण्डेले राष्ट्रिय जनमोर्चा सबै खाले चुनौती सामना गर्न सक्षम रहेको दाबी गर्नुभयो ।
जनतामाझ राजमोको स्वच्छ छवि भएको बताउँदै उहाँले आगामी स्थानीय तहको चुनावमा पनि जनविश्वास सोहीअनुरूप रहने पनि बताउनुभयो ।
सभालाई अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, हङकङ नेपाली एकता समाजका अध्यक्ष सक्तमान बुढाथोकी, राजमो केन्द्रीय प्रतिनिधि हरिकान्त शर्मा, राजमो ढोरपाटनका नेता दीपक थापा र इन्द्रमान छन्त्यालले पनि सम्बोधन गर्नुभएको थियो ।
कुलबहादुर छन्त्यालको अध्यक्षता तथा खड्कबहादुर कुँवरको सञ्चालनमा अघि बढेको सो कार्यक्रम रक्तिम सांस्कृतिक अभियानका सहबिन अर्गेजाको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।
सभा सञ्चालन भइरहँदा राजमोबाट निष्काशित एउटा समूहले सभा बिथोल्ने कोसिस गरेको तर असफल भएको राजमो नेता हरिकान्त शर्माले जानकारी दिनुभयो ।
