बागलुङ । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं. ४ (साबिक तंग्राम–८ चिल्लेडाँडा) को टोल भेला सम्पन्न भएको छ । शुक्रबार टिकाराम किसानको अध्यक्षतामा चुनावी भेला सम्पन्न भएको हो ।
Advertisement
भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सचिवालय सदस्य एवम् काठेखोलाका अध्यक्ष लक्ष्मण पुन, सचिव टिका संगम विक र राजमो तंग्रामका अध्यक्ष बिष्णु कडेलले प्रशिक्षण दिनु भएको थियो ।
टोल भेलाले टिकाराम किसानको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन परिचालन समिति, सन्त बहादुर किसानको संयोजकत्वमा ७ सदस्यीय प्रचारप्रसार समिति र बिना किसानको संयोजकत्वमा ९ सदस्यीय महिला परिचालन समिति चयन गरेको छ ।