शिव पन्थी, प्यूठान ।
राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिका–६ मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार खन्नेखोला धनचौर टोल समितिको आयोजनामा अगुवा कार्यकर्ता तथा प्रशिक्षणात्मक चुनावी भेला सम्पन्न भएको हो ।
Advertisement
राजमो जिल्ला सदस्य तथा ६ का वडा अध्यक्ष गिरबहादुर गुरुङको प्रमुख अतिथ्यता रहेको उक्त कार्यक्रममा नगर सदस्य मोहनलाल गोराथोकी, शिव पन्थी, यमप्रसाद शर्मा लगाएत जनवर्गीय मोर्चा र संगठनका सदस्यहरूको अतिथ्यता रहेको थियो ।
टोल समितिका अध्यक्ष ठाकुरा गुरुङको अध्यक्षता तथा सालिकराम पार्धेको संचालनमा सम्पन्न भेलाले ठाकुरा गुरुङको संयोजकत्वमा २९ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।