काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । शुक्रबार अपरान्ह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थान ओर्लिएका उहाँलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।
देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा सहभागी छन्।
उनको यो टोलीमा पत्नी डाक्टर आरजु राणा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरु, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन् । भ्रमण टोलीमा निजी क्षेत्रका व्यवसायीहरुसमेत सहभागी छन्।
यस्तो छ कार्यतालिकाः
शुक्रबार
भारतीय समय अनुशार दिउँसो २ः५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्र्तराष्ट्रिय विमानस्थल अवतरण ।
अपरान्ह ४ः३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेट गर्ने ।
शनिबार
बिहान १०ः४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्दान्जली अर्पण गर्ने ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षि नरेन्द्र मोदीबीच ११ः१० बजे हैदरावाद हाउसमा द्विपक्षिय भेटवार्ता हुने ।
मध्यान्ह १२ः१५ बजे नेपाल र भारतबीच सम्झौतापत्रहरुमा हस्ताक्षर हुने। देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने ।
अपरान्ह १६ः३० बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसंग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्ने ।
आइतबार
बिहान ९ बजे बाराणसी पुग्ने। त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुने ।
अपरान्ह ४ः०० बजे बाराणसीबाट नयाँ दिल्ली फर्किने ।
अपरान्ह ४ः१५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने ।