• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगमन र फासिष्ट शासनतिर जानबाट रोक्न चुनावी तालमेल आवश्यक : मसाल


  •   बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले देशलाई प्रतिगमन र फासिष्ट शासनतिर जानबाट रोक्न आगामी निर्वाचनमा तालमेल गरेर जानुपर्ने आवश्यकता औँल्याएको छ ।

    Advertisement

    अहिले पनि देशमा प्रतिगमनको गम्भीर खतरा भएको हुनाले त्यस प्रकारको तालमेल राष्ट्रिय आवश्यकता भएको मसालले जनाएको छ ।

    बिहीबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले सरकारले एमसीसी संसदद्वारा पारित गर्ने निर्णय गरेको हुनाले पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग भएको बताउनुभएको छ । तर सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने र गठबन्धन भएका अन्य पक्षहरुसित चुनावी तालमेल गर्ने नीतिलाई कायम राख्ने निर्णय गरेको स्मरण गर्नुभएको छ ।

    उहाँले निर्वाचनमा एमाले र राजावादीसँग कुनै पनि स्तरमा तालमेल नगर्ने दोहोर्याउँदै गठबन्धनमा रहेका चार दलसँग राजमोले सहकार्य गर्ने स्पष्ट पार्नुभएको छ ।

    वक्तव्यमा भनिएको छ :
    ‘हामीले पहिले नै यो कुरा स्पष्ट गरिसकेका छौँ कि सरकारले एमसीसी संसदद्वारा पारित गर्ने निर्णय गरेको हुनाले हामी पाँच दलीय गठबन्धनबाट अलग भएका थियौँ । तर सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने र गठबन्धन भएका अन्य पक्षहरुसित चुनावी तालमेल गर्ने नीतिलाई कायम राख्ने निर्णय गरेको कुरा पनि हामीले स्पष्ट गरेका थियौँ ।

    त्यस अनुसार गठबन्धनबाट हामी अलग भएको भएपनि चुनावको प्रश्नमा गठबन्धनका अन्य पक्षहरुसित तालमेल गर्ने हाम्रो नीतिअनुसार अन्य पक्षहरुसँग त्यसबारे केन्द्रीय स्तरमा वा जिल्ला स्तरमा पनि हाम्रो भेटघाट तथा समझ्दारी कायम गर्ने प्रयत्न रहिरहनेछ ।

    यसका लागि हामीले प्रसन्नता प्रकट गर्दछौँ कि नेकाको केन्द्रीय समितिको बैठकले चुनावमा स्थानीय, प्रदेश वा संसदको चुनावमा तालमेलको नीतिलाई कायम राख्ने निर्णय गरेको छ । तैपनि उनीहरूको निर्णयमा आवश्यकताको सिद्धान्त अनुसार चुनावी तालमेल गर्ने भन्ने कुराको उल्लेख गरिएको हुनाले व्यवहारमा त्यसलाई कसरी व्याख्या गरिनेछ ? त्यसबारे अहिले नै निश्चित रूपले केही भन्न गाह्रो पर्दछ । तैपनि मूल रुपमा नेकाले चुनावी तालमेलको जुन नीति निश्चित गरेको छ त्यसले सकारात्मक महत्व राख्दछ र हामीले त्यसको स्वागत गर्दछौँ ।

    हाम्रो पार्टीले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको भएपनि गठबन्धन पक्षधर राजनीतिक शक्तिहरुसित चुनावी तालमेल गर्ने नीति अनुसार आज चार दलीय गठबन्धनको बैठकमा पनि राष्ट्रिय जनमोर्चा सामेल भएको थियो । त्यो बैठकमा पनि आगामी चुनावमा तालमेल गरेर जाने समझदारी भएको छ । अहिले पनि देशमा प्रतिगमनको गम्भीर खतरा भएको हुनाले त्यस प्रकारको तालमेलले राष्ट्रिय आवश्यकता राख्दछ ।

    त्यसैले त्यो नीतिलाई इमान्दारीता र दृढतापूर्वक लागु गर्नका लागि हाम्रो पार्टीले पूरा जोड दिनेछ । हामीले अन्य पक्षहरुले पनि चुनावी तालमेललाई सफल पार्न इमान्दारिता र दृढतापूर्वक काम गर्नेछन भन्ने आशा गरेका छौँ । त्यसरी नै देशलाई प्रतिगमन र फासिष्ट शासानतिर जानबाट रोक्न सकिनेछ र रोक्नु पनि पर्दछ ।

    देशलाई प्रतिगमन र अधिनायकवादतिर जानुबाट रोक्नका लागि प्रतिगमन र अधिनायकवाद पक्षधर शक्तिहरुका विरुद्ध स्पष्ट, दृढ र सम्झौताहीन सङ्घर्षको नीति अपनाउनु पर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले चुनावमा राजावादी र ओलीको नेतृत्वको एमालेसित कुनै पनि स्तरमा चुनावी तालमेल नगर्ने निर्णय गरेको छ र अन्य पक्षहरुसित पनि हामीले त्यसका लागि अनुरोध गर्दछौँ ।

    त्यसरी नै आज देशका अगाडि गम्भिर रुपमा उपस्थित भएको संकटबाट देशलाई बचाउनु सम्भव हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।’
    २०७८ चैत्र १७ गते । मोहनविक्रम सिंह
    महामन्त्री

     

    बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.