बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको तिलोतमा नगरपालिका वडा नं ३ र ४ को संयुक्त वडा भेला सम्पन्न गरेको छ । बुधबार राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष बद्रे आलमको उपस्थितीमा चुनावी भेला भएको हो ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष आलमले चुनाव जति जति नजिक आउँदैछ, विभिन्न झुट्टा आश्वासन र प्रलोभन देखाएर पार्टीका मान्छेहरु घर आँगनमा आउन थालेको बताउनुभयो । उनीहरुलाई बेलैमा चिनेर सतर्क बन्नुपर्ने आलमले बताउनुभयो ।
संयुक्त भेलालाई वामपन्थी नेता चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चा तिलोतमा नगर अध्यक्ष रूक बहादुर पराजुली, सल्लाहकार शिवराम घिमिरे, लाल चन्द्र पन्थ लगाएतले सम्बोधन गर्नु भएको थियो ।
भेलाले यम परियारको संयोजकत्वमा सात सदस्यीय निर्वाचन परिचालन समिति र नरेन्द्रमान श्रीनेतको संयोजकत्वमा ३१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
भेलाको सञ्चालन नरेन्द्र मान श्रीनेत र स्वागत तुलसीराम उपाध्यायले गर्नुभएको थियो ।