गिरीप्रसाद बुढा, सुर्खेत ।
सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. २ मा राष्ट्रिय जनमोर्चाको निर्वाचन केन्द्रित वडास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
राजमो वडा समितिका अध्यक्ष कर्णबहादुर ठाडाको अध्यक्षता तथा सचिव हिरा बहादुर ठाडाको सञ्चाल रहेको भेलामा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशको अध्यक्ष गिरीप्रसाद बुढा, सल्लाहकार प्रेम बहादुर ठाडा, नेकपा (मसाल) सुर्खेत जिल्लाका प्रवक्ता मोहन थापा, राजमो जिल्ला सदस्य भुपेन्द्रबहादुर नेपाली, नगर सल्लाहकार भक्तबहादुर ज्ञामी, शसिराम ठाडा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
भेलाले कर्णबहादुर ठाडाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसमा अन्य सदस्यहरूमा कर्ण बहादुर ठाडा राना, प्रेम बहादुर ज्ञाममी राना, खम्बासिंह मिदुन, चन्द्र बहादुर ठाडा राना र छमान सिंह नेपाली रहनु भएको छ ।
यसैगरी खम्बा सिंह मिदुनको संयोजकत्वमा प्रेमबहादुर ज्ञामी र छमान सिं नेपाली सदस्य रहेको तीन सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।
यसैगरी, भुपेन्द्र बहादुर नेपालीको संयोजकत्वमा ३९ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।
सदस्यहरूमा प्रेम बहादुर ठाडा, प्रेम बहादुर गुरुङ, नर बहादुर गाहा, गंगा बहादुर गाहा, लोकबहादुर ठाडा, जित बहादुर ठाडा, हरेन्द्र फौजा, दिलबहादुर मिदुन, निरु ठाडा, चन्द्रबहादुर ठाडा, रमेश तारम, हरिमाया सुनार, तुलबहादुर मिदुन, तेज प्रकास ज्ञामी, हिरा बहादुर ठाडा, मोहन ठाडा, डम्बर बहादुर ठाडा, पोविसरा ठाडा, भावना ठाडा, अमृता ठाडा, दिपा ठाडा, नगेनद्र थापा, विशाल ठाडा, कैलाश ठाडा,शेर बहादुर ठाडा, यज्ञ बहादुर ठाडा, देबबहादुर ठाडा, महेन्द्र ठाडा, यज्ञबहादुर मिदुन, नरसिंह सिंजाली, तलाराम खाम्चा, दिल बहादुर तारम, चन्द्रबहादुर ठाडा, छमान सिंह नेपाली, चन्द्रबहादुर फौंजा, प्रेमबहादुर ठाडा, किरण ठाडा रहनु भएको छ ।