काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीमा निर्मित भ्यू टावरको उद्घाटन गर्नुभएको छ । रुपन्देहीको तिलोत्तमामा करिब ९ करोड रुपैयाँ खर्चिएर बनाइएको भ्यू टावरको मंगलबार उद्घाटन गरिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको लिवाङमा ६ करोडको भ्यू टावर उद्घाटन गरेको भोलिपल्ट ओलीले रुपन्देहीको तिलोत्तमा पुगेर ९ करोडको भ्यू टावर उद्घाटन गर्नुभएको हो ।
तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र निर्मित बहुउद्देश्यीय टावरको मंगलबार एक कार्यक्रमबीच उद्घाटन भएको हो ।
तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन बढाउन उक्त बहुउद्देश्यीय भ्यू टावर निर्माण गरिएको जनाएको छ।
नवनिर्मित टावरमा होटेल, सपिङ सेन्टर, कफी बार, पुस्तकालय, पौडी पोखरी र दृश्यावलोकनका लागि अन्य सुविधा रहेका छन्।
नगरपालिकाले निर्माण गरेको लिफ्ट सुविधासहितको यो १० तले टावर १ सय ३४ फिट अग्लो छ । २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको यो टावरलाई धरहरापछिकै अग्लो भनिएको छ ।
यस्तो छ, ओलीले उद्घाटन गरेको भ्यू टावर

यस्तो छ, रोल्पामा प्रचण्डले उद्घाटन गरेको भ्यू टावर
