इटहरी । इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । इटहरी–२ नवजागृति टोलमा सुतली बम विस्फोट भएको हो । विस्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्। घाइते दुवै जनाको अहिले उपचार भइरहेको छ ।
घटनास्थलबाट हिमाल सुरक्षा परिषद नेपालको पर्चासमेत भेटिएको छ। प्रहरीका अनुसार उक्त पर्चा विस्फोटमै पर्नेमध्येका एकले ल्याएका थिए।
विस्फोट भने कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ।
हिमाल सुरक्षा परिषद हालै मात्र सशस्त्र युद्धको घोषणा गरेको संगठन हो। जुन संगठनले गत फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो।
संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग यो सङ्गठनले राखेको छ।