प्युठान । राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको –४ पुँजामा सोमबार वडा भेला सम्पन्न भएको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार वासु पोखरेल, अखिल (छैठौं)का महासचिव सुवाश जिसि, नेकपा (मसाल)का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले सम्बोधन गर्नुभएको थियो ।

यस्तै, राजमो प्युठान जिल्ला सदस्य भरत केसी, राजमो प्युठानका सल्लाहकार हरिवहादुर केसी, अखिल नेपाल महिला संघका केन्द्रीय पार्सद तारा पुरी, राजमो गौमुखीका अध्यक्ष जनक केसी, अनेमसंघकी वडा अध्यक्ष शान्ता गिरी, राजमोका वडा अध्यक्ष डुकबहादुर कुँवर, जातीय समता समाजका सावित्रा टोमटा, खानिखोला सहकारीका कृष्णप्रसाद जैसी, राजमो नारिकोटका विदुर पुरी, अखिल नेपाल युवक संघ झिमरुकका ध्रुर्व जिसि, गौमुखी स्कुलका अध्यक्ष बालाराम न्यौपाने लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
भेलाले ११३ सदस्यीय वडा स्तरीय निर्वाचन प्रचारप्रसार समितिको निर्माण गरेको छ । भेलाको अध्यक्षता सालिकराम शर्मा, स्वागत जनक केसी र सञ्चालन वावुराम केसीले गर्नुभएको थियो ।
गौमुखी गाउँपालिका नारिकोटको भेला चैत्र १५ गते हुने राजमो गौमुखीले जनाएको छ ।