• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युएईमा गिरफ्तार पत्रकार पाण्डेको रिहाइका लागि महासंघले गुहार्यो अन्तर्राष्ट्रिय संस्था


  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल पत्रकार महासंघले युएईमा गिरफ्तार पत्रकार उमाकान्त पाण्डेलाई रिहाइको पहल गर्न पुनः सरकारसँग माग गरेको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी महासंघले पत्रकार पाण्डेको रिहाइका लागि माग गर्नुका साथै पत्रकारका अन्तर्राष्ट्रिय संघ संस्थासमेत गुहारेको छ ।

    Advertisement

    वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर अपराधको उल्झनमा फसाउने काम गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    नेपालमा रहँदा जनवरी ८ (पुस २४) गते सामाजिक सञ्जालमा ‘भिजिट भिसामा नेपाली राजदूताबासको संलग्नता रहेको आशयमा’ लेखिएको स्ट्याटसलाई लिएर युएइको तल्लो अदालतले फेसबुक बन्द गर्ने, युएइमा रहेको सम्पत्ति जफत गर्ने, तीन महिना कैदमा राख्ने, २० हजार डिराम जरिवाना लगाउने र डिपोट गर्ने जस्ता ५ वटा सजायसहितको फैसला गरेको छ।

    महासंघले पत्रकार पाण्डेलाई पक्राउ गर्ने वित्तिकै उहाँको रिहाइका लागि पहल गर्दै आएको छ। सो क्रममा महासंघले पत्रकार पाण्डेको रिहाइमा पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासलाई आग्रह गरेको थियो।

    महासंघका अनुसार पत्रकार पाण्डेको रिहाइ र सजायका विषयमा नेपाल सरकारका तर्फबाट १४ दिनभित्र अपिल गरे पत्रकार पाण्डेमाथिको सजाय फुकुवा हुने थियो। तर, महासंघको आग्रहलाई बेवास्ता गर्दै सरकारको तर्फबाट यसप्रति कुनै चासो नदेखाएकोप्रति दुःख व्यक्त गर्दै महासंघले सरकारको यो अकर्मण्यताप्रति खेद व्यक्त गरेको छ।

    सरकारले रिहाइको लागि कुनै पहल नगरेपछि पत्रकार पाण्डेले आफैंले युएईको अदालतमा अपिल गरेपछि उनको कैद छुट भएको र बाँकी अन्य सजाय यथावत छ। सरकारले उनको रिहाइका लागि अझै १/२ दिनमा कुनै पहल नगरे उनी र हाल युएईमा रहेका उनका परिवारलाई ठूलो समस्या पर्ने महासंघले जानकारी गराएको छ।

    पत्रकार पाण्डेलाई पक्राउ गर्न नेपाली दूतावास आफैंले युएई प्रहरीमा उजुरी गरेको पत्र प्राप्त भएको महासंघले जनाएको । उक्त पत्रको आधारमा युएईस्थित नेपाली राजदूत, डीसीएम र पीआरओको संलग्न भएको महासंघले स्पष्ट पारेको छ।

    ‘नेपालीको संरक्षण गर्नुपर्ने नेपाली दूतावास नेपाली नागरिकको संरक्षण र सम्वद्र्धनमा जुट्नु पर्नेमा नेपाली पत्रकारलाई पक्राउ गर्ने कार्यमा संलग्न भएको यो घटना अत्यन्त दुःखद् हुनुका साथै दूतावासप्रतिको विश्वसनीयतामाथिसमेत गम्भीर प्रश्न खडा गरेको महासंघको ठहर छ’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ।

    ‘कुनै पनि विषयमा आफ्नो विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो। नेपालमा रहँदा लेखिएको स्ट्याटसको आधारमा युएई अदालतले नेपाली पत्रकारलाई दिएको सजाय अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’ महासंघले भनेको छ।

    महासंघले यो घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकार पाण्डेको रिहाइका लागि यथाशीघ्र पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ। साथै, पत्रकार पाण्डेको रिहाइका लागि महासंघ अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आर्ईएफजे), कमिटी टु प्रोटेक्ट जर्नालिष्ट (सीपीजे), इन्टरनेसनल फेडेरेसन अफ एक्सप्रेसन एक्सचेन्ज (आईफेक्स), रिपोर्टर विथआउट बोडर्स (आरएसफ) लगायतका संघसंस्थालाई अपिल गर्ने जनाएको छ।

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.