• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगमनलाई परास्त गर्न अर्घाखाँचीमा पाँच दलबीच गठबन्धन गरेका हौँ : सागर केसी


  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • भूमिकास्थान । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले देशमा अहिले पनि प्रतिगमनको खतरा कायमै रहेकाले त्यसलाई परास्त गर्न प्रतिगमनविरोधी दलहरुबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    अर्घाखाँचीमा राजमोसहित पाँच दलबीच आगामी स्थानीइ तहको निर्वाचनमा सहकार्य गर्ने गरी सैद्धान्तिक सहमति भएजस्तै देशैभर प्रतिगमनविरोध दलहरुबीच सहकार्य हुनुपर्नेमा केसीले जोड दिनुभयो । युगदर्शनसँगको कुराकानीमा नेता केसीले अर्घाखाँचीमा पाँच दलबीच सहमति गरेर देशैभर सन्देश दिन आफूहरु सफल भएको बताउनुभयो ।

    ‘सबैभन्दा पहिला हामीले अर्घाखाँचीमा पाँच दलबीच सहमति गर्यौँ । यसले देशभरी सन्देश दिएको छ’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘हाम्रो पार्टी केन्द्रले पनि यो निर्णयको स्वागत गरेको छ भने कार्यकर्ता तहबाट पनि समर्थन पाएका छौँ ।’

    नेता केसीले अन्य दलसँग सहकार्य गर्दा केही आशंका भने बाँकी नै रहेको बताउनुभयो । सहकार्यलाई इमान्दारिपूर्वक दलहरुले पालना गर्छन् या गर्दैनन् भन्ने विषयमा कतिपय साथीहरुले शंका गर्ने गरेको भन्दै उहाँले त्यस्तो आशंका निवारण गर्ने जिम्मा सम्बन्धित दलहरुकै हुने पनि बताउनुभयो ।

    अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी दल र जनता समाजवादी दलले आगामी स्थानीय निर्वाचनमा सहकार्य गर्ने गरी सैद्धान्तिक सहमति कायम गरेका छन् । सोही सहमतिका आधारमा अहिले सबै पालिकाहरुमा संयुक्त कार्यक्रम भइरहेको नेता केसीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हिजो (चैत १३ गते) जिल्लाको भूमिकास्थान नगरपालिकामा संयुक्त बैठक भएको थियो । भूमिकास्थानको पोखेडाडामा आयोजित संयुक्त अगुवा कार्यकर्ता बैठकलाई राष्ट्रिय जनमोर्चाका नेता केसी, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुसिला श्रीपाली, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान, र जनता समाजवादी पार्टीका नेता पुष्करनाथ आचार्यले सम्बोधन गर्नुभएको थियो ।

    सम्बोधनका क्रममा राजमो नेता केसीले गठबन्धनमा रहेका राजनीतिक दलहरु इमान्दारीताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसो हुन सकेमा मात्र सबै निर्वाचनमा सफल हुन सकिने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा दलहरुले इमान्दारीपूर्वक सहमति कार्यान्वयन गरे गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहन सक्ने नेता केसीले बताउनुभयो ।

    उहाँले केपी ओली नेतृत्वको नेकपालाई जनताले झण्डै दुई तिहाई मत दिँदासमेत त्यसको दुरुपयोग गरेर ओलीले प्रतिगामी कदम चालेको भन्दै एमाले र राजावादीहरुलाई देशभरीबाट परास्त गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चा भूमिकास्थानका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, माओवादी केन्द्र भूमिकास्थानका अध्यक्ष नरेन्द्र कुमालको सञ्चालन र एकीकृत समाजवादीका जिल्ला सदस्य झविलाल भट्टराईको स्वागतमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका प्रदेस सदस्य छमकुमारी खनाल, नेपाली कांग्रेसका जिल्ला प्रचार विभाग प्रमुख सूर्य प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका नेताहरु झबिलाल थापा कबिराम खनाल लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    सोही क्रममा आज (सोमबार) जिल्लाको मालारानीमा संयुक्त कार्यक्रम भइरहेको छ ।

    ५ दलीय गठबन्धनले जिल्लाका विभिन्न पालिकामा संयुक्त अगुवा कार्यकर्ता बैठक सम्पन्न गरी आगामी चैत २२ गते बैठक बसी साझा एजेण्डा तयार गर्ने नेता केसीले जानकारी दिनुभएको छ ।

    ‘सबै पालिकामा बैठक सकेपछि कुन पालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने विषयले प्रवेश पाउँछ’ केसीले भन्नुभयो, ‘विगतको निर्वाचन र दलहरुको हैसियतका आधारमा सबैलाई सम्मान हुने गरी पदको बाँडफाँड गरिनेछ ।’

    ३ गाउँ र ३ नगरसहित अर्घाखाँचीमा ६ वटा पालिका छन् । ०७४ सालको निर्वाचनमा जिल्लाका ६ वटा स्थानीय तहको नतिजा अनुसार नेपाली कांग्रेसले २ नगरपालिका र २ गाँउपालिका गरी ४ वटा पालिकामा विजय हासिल गरेको थियो । त्यस्तै, नेकपा एमालेले १ गाँउपालिका र माओवादी केन्द्रले १ नगरपालिकामा विजय भएको थियो ।

    कुल ६१ वटा वडाहरु मध्ये नेपाली कांग्रेसले २५, नेकपा एमालेले २५, माओवादी केन्द्रले ७ र राष्ट्रिय जनमोर्चाले ४ वटा वडाहरुमा जित हासिल गरेका थिए ।

    विगतमा राष्ट्रिय जनमोर्चाले भूमिकास्थान नगरपालिकासहित कतिपय वडामा झिनो मतले हारेको थियो ।

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.