काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण पुरा गरी आइतबार स्वदेश फर्किनुभएको छ । वाङ शुक्रबार साँझ भारत हुँदै नेपाल आउनुभएको थियो ।
Advertisement
परराष्ट्र सचिव भरतराज पौड्यालले विदेशमन्त्री वाङलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा विदाई गर्नुभयो ।
नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षसँग भेटवार्ता गर्नुभएको थियो ।
भ्रमणका क्रममा नेपाल र चीनबीच नौ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।