कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ । भेलाले रंग बहादुर चौधरीको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
यस्तै, रमा नेपालीको सयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति र गिता नेपालीको संयोजकत्वमा १०१ सदस्यीय प्रचार समिति गठन गरेको छ।
राजमो प्रदेश सचिव राजाराम चौधरीको प्रमुख आतिथ्यतामा शनिबार बेलौरी नगरपालिका–८ कुण्डामा चुनावी भेला सम्पन्न भएको हो । त्यस अवसरमा प्रदेश सचिव चौधरीले चुनावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
भेलामा राजमो जिल्ला अध्यक्ष राम बहादुर कार्की र बुद्धिजिवी संघका केन्द्रीय सदस्य तारामणि न्यौपानेले स्थानीय निर्वाचन र पार्टीको अवस्था लगायत समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य बन्धुराम बडायक, जिल्ला अध्यक्ष टेकेन्द्र शाह, वामपन्थी नेता सुन्दरलाल चौधरी, जातीय समता समाजका केन्द्रीय सदस्य गिता नेपाली, जिल्ला भूमी आयोगका सदस्य राजकुमार चौधरी, ट्रेड युनियन महासंघका प्रदेश संयोजक जनक कुँवरलगायत नेताहरुले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता महिला नेत्री तारादेवी चौधरी, सन्चालन नगर इन्चार्ज रमा नेपाली र स्वागत राजमो जिल्ला सदस्य रंग बहादुर चौधरीले गर्नुभएको थियो ।