• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङको जैमिनी, गलकोट र बागलुङ नगरमा राजमोको उत्साहजनक चुनावी भेला


  •   आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
  • इन्द्रमणि पाण्डे, बागलुङ ।
    बागलुङ जिल्लाका विभिन्न स्थानीय तहमा राष्ट्रिय जनमोर्चाको चुनाव केन्द्रित भेला भएका छन् । सोही क्रममा जैमिनी, गलकोट र बागलुङ नगर भेला उत्साहका साथ सम्पन्न भएको छ ।

    Advertisement

    राजमो नेता तिलक थापाका अनुसार जैमिनी नगरपालिकाको भेला राङ्खानीमा सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै राजमो केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुङ्गानाले राष्ट्रघात तथा जनघात गर्नेहरुलाई जनमत मार्फत कारबाही गर्न र राजमोको नीति, सिद्धान्तलाई अनुमोदन गर्नको लागि जनतामा जान कार्यकर्तालाई निर्देशन दिनुभयो

    ढुङ्गानले संघीयता चौतर्फी रुपमा असफल भएको भन्दै यसको खारेज अपरिहार्य रहेको जिकिर गर्नुभयो । साथै एमसीसीमा एमाले, कांग्रेस, माओवादी, जसपा सबै दल मिलेर ठूलो राष्ट्रघात गरेको भन्दै यसको हिसाव जनताले असुल्ने चेतावनी दिनुभयो ।

    कार्यक्रममा जनजाती सम्मेलनका पूर्वकेन्द्रीय सल्लाहकार नर बहादुर पुन, युवक संघका नगर अध्यक्ष याम पुन लगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा, राजमो केन्द्रीय सदस्यद्वय दिल बहादुर दर्जी, लिलादेवी शर्मा, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष दान बहादुर थापा, जनजाती सम्मेलनका जिल्ला अध्यक्ष लाल बहादुर पुन, किसान संघका जिल्ला सचिव वीरेन्द्र थापा, शिक्षक संघका नगर अध्यक्ष नारायण आचार्य, ीय समता समाजका केन्द्रीय सदस्य राम कुमार विक लगायतको उपस्थित रहेको थियो ।

    भेलाले नर बहादुर पुनको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन मूल समिती गठन गरेको छ । भागिन्द्र कुमार थापाको संयोजकत्वमा १९ सचिवालय रहेको ५०१ सदस्यीय प्रचारप्रसार समिती, पूर्ण बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय स्वयम्सेवक परिचालन समिती, दिल बहादुर श्रीसको संयोजकत्वमा ५ सदस्यीय आर्थिक परिचालन समिती गठन गरिएको छ ।

    भेला ठाकुर शर्माको सञ्चालन, दिल बहादुर श्रीसको अध्यक्षता, चन्द्र बहादुर केसीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    गलकोट नगर भेला सम्पन्न
    राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिकाको भेला २०७८ चैत्र ५ गते निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवरले गर्नुभएको थियो ।

    भेलामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, राजमो बागलुङका सदस्य नेत्र बुढाथोकी, बिष्णु बस्नेत, जातीय समता समाजका राजकुमार दर्जी, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र दत्त ढकाल, अखिल (छैठौं) बागलुङका अध्यक्ष गणेश सापकोटा लगायतले मन्तब्य राख्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य पदम श्रेष्ठ, कृष्णा पुन, खडक बिक, सल्लाहकार अमर खत्री लगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।

    भेलाले गलकोट नगरपालिकाको स्थानीय निर्वाचनका लागि टंक केसीको संयोजकत्वमा २३ सदस्यीय निर्वाचन परिचालन समिति, अमर बहादुर खत्रीको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति, गुमानसिंह खत्रीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति र लालबहादुर रानाको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति चयन गरेको छ ।

    कार्यक्रम नगर अध्यक्ष टंक बहादुर केसीको अध्यक्षता, सचिव लाल बहादुर रानाको सञ्चालन र गुमानसिंह खत्रीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

    बागलुङ नगर भेला सम्पन्न
    यता, बागलुङ नगरपालिकाको भेला पनि स्थानीय निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सदस्य तिलक थापाले गर्नु भएको थियो ।

    भेलामा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा र अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजीगाँउले श्रेष्ठले मन्तब्य राख्नु भएको थियो ।

    कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य सञ्जाल शर्मा, राजमो जिल्ला सदस्य लोकनाथ शर्मा, प्रेम गौतम, जातीय समता समाजका जिल्ला सदस्य गोबिन्दलाल विक, अखिल नेपाल उद्योग ब्यापार संघ बागलुङका सदस्य टेक बहादुर क्षेत्री, राजमो बानपा १२ का अध्यक्ष घनश्याम विक, १३ का अध्यक्ष प्रेम रोका, १४ का पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, अखिल नेपाल युवक संघ नारायणस्थानका अध्यक्ष प्रकाश पौडेल लगायतको आतित्थ्यता रहेको थियो ।

    भेलाले बागलुङ नगरपालिकाको स्थानीय निर्वाचनका लागि थानेश्वर सुवेदीको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति, टेक बहादुर क्षेत्रीको संयोजकत्वमा १७ सचिवालय रहेको १५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, ढुण्डीराज शर्माको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति र टेक बहादुर आरसीको संयोजकत्वमा ११ सचिवालय रहेको १०१ सदस्यीय स्वंयसेवक परिचालन समिति चयन गरेको छ । भेलाले चैत्र १९ गते भित्र नगरका सबै वडाहरुमा वडा भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

    कार्यक्रम नगर अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, टेक बहादुर आरसीको सञ्चालन र नगर उपाध्यक्ष योगेन्द्रराज पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

    आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.