खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय परिषद सदस्य तथा सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मण खड्कालाई मातृशोक परेको छ । नेता खड्काकी आमा एवं परिषद सदस्य शुष्मा खड्काकी सासु आमा गणेश कुमारी खडकाको ८४ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनदेखि अस्वस्थ रहनुभएकी गणेश कुमारीको पाल्पाको रिब्दिकोट गाउँपालिका वार्ड नम्बर २ स्थित आफ्नै निवासमा निधन भएको परिवारले बताएका छन् ।
मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिले एक शोक विज्ञप्ति जारी गरी मृतक आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।
एरिया सदस्य अधिकारीलाई पनि मातृशोक
यता, मूल प्रवाह चंडिगढ नगर समितिद्वारा सञ्चालित मध्यसिटी एरिया समितिका सदस्य रुद्र अधिकारीलाई पनि मातृशोक परेको छ । अधिकारीकी आमा चन्द्र अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो ।
उहाँहरु कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वार्ड नम्वर ५ धम्पुस ढाडा फुलवारीबाट बसाइ सरी केहि वर्ष पहिला पोखरा महानगरपालिका वार्ड नम्वर २ मिरुवामा बस्दै आउनुभएको थियो ।
मूल प्रवाह चंडिगढ नगर समितिले मृतक चन्द्री अधिकारीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।