दिनेश रैदास, दाङ ।
दाङको घोराहीमा एमसीसीविरुद्ध अखिल नेपाल युवक संघ, युवा संगठन नेपाल र युवालिग नेपाल क्रान्तिकारीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।
Advertisement
घोराहीको ट्राफिक चोकबाट जुलुशसहित तुलसीपुर चेकमा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन र इन्चार्ज वीरेन्द्र तथा युवा लिग नेपाल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मन बहादुर वलीले सम्बोधन गर्नुभएको थियो ।
सभाको सञ्चालन मनोज परियारले गर्नु भएको थियो ।