टेकराज भुसाल, बुटवल ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै बुटवलमा युवा संगठनहरूले मार्चपास तथा विरोध प्रदर्शन गरेका छन् ।
नेकपा (मसाल) लगायत ६ राजनीतिक दल तथा दुई मोर्चा सम्बद्ध युवा संगठनहरुले बुटवलको पुरानो बसपार्क देखि जुलुश सुरु गरि अमरपथ, हाटबजार लाइन, जेसिस चोक हुँदै बिपि चोक पुगेर विरोध सभा गरेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य जुन विक्रम शाहीले नेपाली जनताले स्वीकार नगरेको राष्ट्रघाती एमसीसी सम्झौता दलालहरूले जवरजस्त संसदबाट अनुमोदन गरे पनि कार्यान्वयन हुन नदिने बताउनुभयो ।
एमसीसी विरुद्धको शान्तिपूर्ण आन्दोलनलाई क्रान्तिकारी आन्दोलनमा परिणत गर्ने र त्यस्का लागि जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने समेत चेतावनी दिनुभयो ।
कार्यक्रमलाई युवा संगठन नेपालका विश्लेषण, क्रान्तिकारी युवा लिग नेपालका प्रगति रानाले समेत सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रम अखिल नेपाल युवक संघ रुपन्देहीका सचिव कृष्ण जिसीको सञ्चालनमा सम्पन्न भएको थियो।