खलङ्गा । अखिल (छैठौं) जिल्ला समिति प्युठानको आयोजनामा एम.सी.सी. विरुद्ध विशाल जुलुस प्रदर्शन भएको छ ।
Advertisement
२०७८ फागुन २६ गते अखिल (छैठौं) ले आयोजना गरेको जुलुसको नेतृत्व युनियनका महासचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुवाश जिसीले गर्नुभएको थियो ।
जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जिसीले एम.सी.सी. देश विरुद्धको कथित षड्यन्त्र भएको र त्यसको मतियार नेपालका ठुला पार्टी भएको भन्दै एम.सी.सी. तुरुन्त खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कोणसभाको सञ्चालन अखिल (छैठौं) गौमुखी क्याम्पसका एकाइ अध्यक्ष रविन एमसीले गर्नुभएको थियो ।