मानबहादुर विक ##
जनताको देश थियोे दुःख गरी खान्थे
सार्वभौमिक स्वतन्त्रताको मालिक हामी भन्थे ।
ल्यायो काङ्ग्रेसले एम.सी.सी. एमालेको समर्थन
अमेरिकाले गोली ठोक्दा जनता अब के गर्छन् ।।
देशभक्त सडकमा लगाउँदै थिए नारा
गो ब्याक अमेरिका भन्दै थिए सारा ।
संसद् भवन मौन थियो काङ्ग्रेस धर्मछाडा
आखिरीमा देखाई छाडे अपराधीले पारा ।।
एम.सी.सी. को विरोधमा कैयौँ योद्धा घाइते भए
काङ्ग्रेस, माओवादी अनि एस यहाँ नाइके भए ।
कुनै दिन अमेरिकाले तिम्रै टाउको छिनाउला
त्यही टाउकोले गद्दार भनी विश्वलाई चिनाउला ।।
कार्यकर्ता हारहो हार्ने बानी छैन
जति सक्यो अघि बढ्छौँ पछि सर्ने होइन ।
हिम्मतले नै वीरता कायम गरेका पुर्खाहरू
दिउसै रात पारिदिने अति नगर मुर्खहरू ।।
अनिद्रैमा दिउसै देखाएर ऐठनहरू
कुन चिहानबाट उदाए देश बेच्ने सैतानहरू ।
पैसा नभए पनि इमान छ कात्रोले छोपिदिन्थे
गाडेकै हो भने पनि ढुङ्गा राखी छोपिदिन्थे ।।
मातृकाले कोशी बेचे बी.पी. बेचे गण्डक
शेरबहादुरले महाकाली बेचे देश नै राखे बन्धक ।
गिरिजा पनि केको कम ? बेचे टनकपुर
देश नै अब खतम पार्ने यिनै भष्मासूर ।।