• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

काठमाडौंमा ‘जब सेन्टर’ खोलेर ठगीधन्दा गर्ने नौ जना पक्राउ


  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    Advertisement

    पक्राउ पर्नेहरूमा अर्घखाँचीको छत्रदेव गाउँपालिका–६ ठुलापोखरी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने नयाँ बानेश्वर स्थित ‘सोसाइटी वेलफेयर फ्यासिलिटीज म्यानेजमेन्ट सर्विसेज’ का सञ्चालक वर्ष २६ को अमर पाण्डे, अर्घाखाँचीकै वर्ष ३२ को तिलकराम पाण्डे, लमजुङको दुधपोखरी गाउँपालिका–२ घर भई हाल बालाजु स्थित ‘दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक वर्ष २२ को आनन्द मरहठ्ठा रहेका छन्।

    यस्तै, सिराहाको सिराहा नगरपालिका–१९ घर भई हाल कोटेश्वर स्थित ‘एनएन मल्टिप्रपोज प्रालि’ का सञ्चालक वर्ष २३ को विवेक यादव, ओखलढुङगाको सिद्दिचरण नगरपालिका–३ अधेँरी घर भई हाल कपन आकाशेपुल स्थित ‘एबीएस जब एण्ड ट्रेनिङ सेन्टर’ र ‘हलेसी सेक्युरिटी सर्भिस प्रालि’ का सञ्चालक वर्ष २८ का अश्विन राई, सिन्धुली फिक्कल गाउँपालिका–२ घर भई कोटेश्वर स्थित सिन्धु रोजगारी सेवाका सञ्चालक वर्ष २२ का घनश्याम पहाडीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भई हाल चाबहिल स्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका सञ्चालिका वर्ष २५ की सृजना लामिछाने, मोरङको विराटनगर उपमहानगरपालिका–४ घर भई हाल कोटेश्वर स्थित क्वीकमाण्डु एमपी प्रालिका सञ्चालिका वर्ष ४० की ज्ञानु न्यौपाने र रौतहट मौलापुर गाउँपालिका–५ घर भई हाल कोटेश्वर स्थित अनमोल जब मल्टिपल प्रालिका सञ्चालक वर्ष २२ का रामवचन कुमार यावदलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    महानगरीय अपराध महाशाखाबाट खटि गएको विशेष प्रहरी टोलीले काठमाडौंको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजु लगाएतका स्थानबाट ठगीमा सक्रिय ब्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाइएको महाशाखाले जनाएको छ।

    ती जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनीहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा रु ३०० देखि रु ५०० सम्म फारम चार्ज तथा १०००।– देखि ६०००।– सम्म जब ग्यारेन्टी शुल्क लिने गरेको पाइएको छ।

    यस्तै, फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुविधा नदिई केही समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ।

    कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भइसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाइएको छ।

    साथै, प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जागिर लगाईदिने प्रलोभनमा ठगि भइरहेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ।

    सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.