काठमाडौं । संसदबाट पास भएको विवादित अमेरिकी सहायता एमसीसी खारेजीको माग गर्दै अखिल (छैठौं) सहित विभिन्न ६ विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका छन्।
विद्यार्थी संगठनहरुले तय गरेको कार्यक्रम अनुसार यही फागुन २५ गते देशभरका स्कुल, क्याम्पसहरूमा ब्यानर टाँग्ने, भित्तेलेखन र पर्चा वितरण, फागुन २६ गते देशब्यापी प्रदर्शन र काठमाडौंको आरआर क्याम्पस अगाडि दिउँसो १२ बजे संयुक्त विरोध सभा तथा फागुन २७ गते देशब्यापी स्कुल, कलेजहरुमा एमसीसीविरुद्ध कविता, गजल, वक्तृत्वकला प्रतियोगता सञ्चालन गरिने छ।
सोमबार जारी विज्ञप्तिमा अखिल अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक राजेश्वरी सुवेदी, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही र क्रान्तिकारीका संयोजक कपिल सिजापति तथा अखिल नेपाल विद्यार्थी युनियनका संयोजक मनिष्ढा भट्टराईको हस्ताक्षर रहेको छ।
