• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

साम्राज्यवादीको दलाली गरेर सत्तामा टिक्न षडयन्त्रपूर्वक एमसीसी पास गरियो : केसी


  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकालाई खुशी पार्न नेपालका शासकहरुले षडयन्त्रमुलक ढंगले एमसीसी संसदबाट पास गरेको बताउनुभएको छ ।

    Advertisement

    आठ राजनीतिक दलले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संसदका मुख्य दलहरुले अमेरिकी साम्राज्यवादको दलाली गरेर चुनाव जित्न र सत्तामा टिक्न एमसीसी स्वीकार गरिएको बताउनुभयो ।

    ‘७० वर्षको अवधिमा भारत, चीन, अमेरिका, जापानलगायत देशबाट खर्बौं रुपैयाँ अनुदान आएको छ । तर, कहिल्यै यहाँका राजनीतिक दलले, जनताले विरोध गरेको सुन्नुभएको छ?’ उहाँले भन्नुभयो, ‘तर अहिले किन जिल्ला जिल्लामा एमसीसीको विरोध भएको छ? किन प्रवासका देशभक्त नेपालीले यसको विरोध गरेका छन् भन्दा यो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासँग सौदाबाजी गरेर ल्याइएको छ ।’

    केसीले अमेरिकाले दिने भनेको करिब ६० अर्ब रुपैयाँ लगानी हो कि अनुदान हो? भनी प्रश्न पनि गर्नुभयो । ‘अमेरिकी अधिकारीहरुले भनेका छन्, यो लगानी हो। तर, अमेरिकाको पक्षपातीहरुले अमेरिकाको दलाली गर्नेहरुले यो दान हो भनिरहेका छन्’ उहाँले भन्नुभयो ।

    केसीले आजभन्दा तीन वर्ष पहिला अहिलेको प्रतिपक्षी एमालेले संसदबाट एमसीसी पास गर्न प्रयास गरेको स्मरण पनि गर्नुभयो । उहाँले एमसीसी पास गरेर अमेरिकाको दलाली गर्न दलहरुबीच प्रतिष्पर्धा भएको आरोप पनि लगाउनुभयो ।
    ‘अहिलेसम्म विदेशबाट दिएको दान संसदबाट पारित गरेको उदाहरण देख्नुभएको छ?’ केसीले प्रश्न गर्नुभयो, ‘नेपालमा लगानी गरेर आफ्नो बापबैरी साँध्न अमेरिकाले लगानी गरेको छ। नेपाल मात्रै होइन, कैयौं देशमा अमेरिकाले यस्तो लगानी गरेको छ र कतिपय देशले फिर्ता गरिदिएका छन् ।’

    अध्यक्ष केसीले माओवादी केन्द्र र एकीकृत समाजवादीले २÷४ महिना बिना संशोधन एमसीसी पास गर्न सकिँदैन भनेर हल्ला गरेको र अन्तिममा जस्ताको तस्तै पास गरेको आरोप पनि लगाउनुभयो । उहाँले १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहेको बताउनुभयो ।

    एमसीसी संसदबाट पास भएपनि सडकबाट खारेज गरेरै छोड्ने केसीको चेतावनी छ । अध्यक्ष केसीले एमसीसी कार्यान्वयनमा आएमा नेपालको हालत युद्धरत मुलुकहरु इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने चेतावनी दिनु भयो । उहाँले एमसीसी राष्ट्रधाती सम्झौंता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन पनि सबैलाई अपिल गर्नु भयो ।

    केसीले अमेरिकीको समर्थनमा निर्वाचन जित्नका लागि ठूला राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंता पारित गराएको आरोप लगाउनु भयो ।

    उहाँले भन्नु भयो, ‘अमेरिकी आर्शिवाद लिएर चुनाव जित्नका लागि ठूला दलहरुले एमसीसी संसदबाट पारित गराउन प्रतिस्पर्धा गरे । देशको हितमा होइन । नेपाली जनताको हितमा होइन । राष्ट्रियताको संरक्षण गर्न होइन । त्यसको सौदाबाजी गरेर आज मुलुक अप्ठयारो स्थितिमा गएको छ । म उपस्थिति सबै दाजुभाई दिदीबहिनीहरुलाई के भन्नु भने–एमसीसी लागू भयो भने नेपालीहरु विदेश जानुपर्दैनसम्म भनेका छन, तिनका दलालहरुले । एमसीसी नेपालमा पास भयो भने हाम्रा छोराछोरीहरु कोही पनि विदेश जानु पर्दैन रे । काम मिल्छ रे । अहिलेसम्म दशौं खर्व विदेश पैसा आएको छ ।

    त्यसको ब्याज खर्च गरेर साँवा उनीहरुले खाई राखेका छन । ब्याज जनताको नाममा खर्च गरेका होलान । त्यसकारणले यस खालको झुट कुरा गरिराखेका छन र जुनसुकै मूल्यमा पनि एमसीसी पारित गरेनौ भने हाम्रो स्थिति अफगानिस्तानको हुनेछ । हाम्रो स्थिति इराकको हुनेछ । हाम्रो स्थिति सिरियाको हुनेछ । यो मैले भावावेशमा आएर भनेको छैन । आज नेपाली जनताले देशका विभिन्न ठाउँमा एमसीसीको विरोध गरिराखेका छन ।’

    शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.