दिनेश रैदास, दाङ ।
दाङमा संसद्बाट राष्ट्रघाती एम.सी.सी. पास भएपछिको नेपालबन्द कार्यक्रम सयुंक्त रूपमा सम्पन्न भएको छ ।
Advertisement
विरोधसभालाई सम्बोधन गर्दै राजमो दाङका जिल्ला अध्यक्ष गणेश आचार्यले यस खालका राष्ट्रघात सम्झौताको विरोधमा उत्रनुपर्ने बताउनुभयो ।
नेकपा (माले) का नेत्र पाण्डेले नेपालका दलाल नेताहरूले गरेको एम.सी.सी. जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने नेताहरूलाई आगामी चुनावबाट पत्तासाफ गराउन आह्वान गर्नुभयो।
त्यसैगरी, नेकपा (क्रान्तिकारी माओवादी) का तिलक विक र नेकपाका विक्रमलगायतले मन्तव्य र कविता वाचन गर्नुभएको थियो ।
सभाको सहजीकरण मनिराम खनालले गर्नुभएको थियो ।