तानसेन । पाल्पाबाट सात जना नेपालबन्दकर्ताहरूलाई गिरफ्तार गरिएको छ ।
Advertisement
पूर्वघोषित कार्यक्रमानुसार २०७८ फागुन १६ गते बन्दको प्रचार गरिरहेका सात जनालाई तानसेनको आन्दोलन चोकबाट गिरफ्तार गरिएको हो ।
गिरफ्तार हुनेहरूमा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राजमो पाल्पाका कोषाध्यक्ष टीकाराम पौडेल, नेपाल कम्युनिस्ट पार्टीका सचिव भूवन जिसी, युवा सङ्गठन नेपालका वेदप्रसाद विश्वकर्मा, अखिल (क्रान्तिकारी) का संयोजक लङ्क राना र अखिल (क्रान्तिकारी) कै सदस्य सुदीप विश्वकर्मा रहनुभएको छ ।
गिरफ्तार आन्दोलनकारीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यस्तै, बन्दका क्रममा आज देशभरबाट दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौंमा ४, रुपन्देहीमा १७ र अर्घाखाँचीमा पनि ४ जना गिरफ्तार भएका छन् ।