तौलिहवा । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा बिप्लव पक्ष, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) द्वारा २०७८ फागुन १५ गते कपिलवस्तुको गोरुसिङ्गेमा राष्ट्रघाती एम.सी.सी. विरुद्ध सभा सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न विरोधसभालाई नेकपा विप्लव पक्षका नेता सुनिल र नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य ज्ञानीराम पुरीले सम्बोधन गर्नुभएको थियो ।
वक्ताहरूले देशभन्दा ठुलो अमेरिका हुन नसक्ने बताउँदै दलालहरूले अमेरिकाको पैसा खाइसकेकाले एम.सी.सी. को पक्षमा लागेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन पावेलले गर्नुभएको थियो ।
कार्यक्रम सुरु हुनुअगाडि एम.सी.सी. सम्झौता विरुद्ध नाराजुलुस लगाउँदै हजारौँ प्रदर्शनकारीले गोरुसिङ्गे बजार परिक्रमा गरेका थिए ।