परासी । आठदलीय एम.सी.सी. विरुद्ध संयुक्त मोर्चाको आह्वानमा नवलपरासीका नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा विप्लव पक्ष, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चासहितको आयोजनामा २०७८ फागुन १५ गते नवलपरासीको सुनवल चोकमा विरोधसभा सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले एम.सी.सी. कारण नेपाल र नेपालीका युक्रेनको हविगत हुने बताउनुभयो ।
देशभक्त जनतान्त्रिक मोर्चाका चूडामणि भण्डारीले एम.सी.सी. को राष्ट्रघाती पक्षबारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा विप्लवकी कृतिले गर्नुभएको थियो ।
विरोध कार्यक्रमअघि नाराजुलुससहित बजार परिक्रमा गरिएको थियो ।