काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ ।
Advertisement
आइतवार राति होहल्ला र हतार हतारमा सम्झौता पारित भएको हो ।
प्रतिनिधिसभाको आइतवार दोस्रो पटक बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।
एमसीसी सम्झौताका विरुद्ध राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल, नेकपा (एमाले) का भीम रावल, नेमकिपाका प्रेम सुवाल र नेकपा (माओवादी) का गिरिराजमणि पारेखरेलले विपक्षमा मतदान गर्नुभएको थियो ।
एमालेको बहिष्कार र होहल्लाबीच सम्झौता पारित भएको हो ।
सो सम्झौता निर्णयार्थ प्रस्तुत गर्दा राजमो सांसद दुर्गा पौडेलले नेपालको सार्वभौमिकता विरुद्ध निर्णय नगर्न संसदलाई गम्भी बन्न आग्रह गर्नुभएको थियो ।