• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एम.सी.सी. पारित गराउने सबै गतिविधि बन्द गर्न नेकपा (मसाल) को ध्यान आकर्षण

"युक्रेनमाथिको आक्रमण रुसी र अमेरिकी साम्राज्यवादी स्वार्थको परिणाम "

  •   शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले एम.सी.सी. पारित गराउने सबै गतिविधि बन्द गर्न सबैको ध्यान आकर्षण गराएको छ । त्यसका साथै पार्टीले पाँचदलीय गठबन्धनलाई बचाउन पनि सबै पक्षलाई आग्रह गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ फागुन १४ गते प्रसारित प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो अवधारणा सार्वजनिक गरेको हो ।

    पार्टीले वक्तव्यमा युक्रेनमाथि रुसी साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद दुवैको स्वार्थका कारणले आक्रमण भइरहेको बताएको छ । रुस र अमेरिकाको साम्राज्यवादी स्वार्थका कारण विश्व शान्तिमा खतरा उत्पन्न भएको उल्लेख गर्दै पार्टीले युद्धको स्थिति उत्पन्न हुन नदिन र शान्ति कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “रुसी र अमेरिकी साम्राज्यवादी देशहरूका बिचमा युक्रेनको प्रश्नलाई लिएर बढिरहेको तनावप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यसबाट युद्धको स्थिति उत्पन्न हुने सम्भावना पनि देखा परिरहेको छ ।

    वास्तवमा त्यहाँ अमेरिका र रुसका बिचमा जुन तनाव वा युद्धको स्थिति पनि देखा परेको छ, त्यसका पछाडि दुबै देशका साम्राज्यवादी स्वार्थले नै काम गरिरहेका छन् । अमेरिकाले युक्रेनलाई नाटो सैन्य सङ्गठनअन्तर्गत ल्याउन चाहन्छ भने रुसले युक्रेनका विभिन्न भागमा आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ । त्यसरी ती दुबै देशका उद्देश्य साम्राज्यवादी स्वार्थद्वारा प्रेरित भएको कुरा प्रष्ट हुन्छ । त्यस प्रकारको पृष्ठभूमिमा हाम्रो पार्टीले युक्रेनबारे दुबै साम्राज्यवादी देशले अपनाएका नीतिको विरोध गर्दै युद्धको स्थितिलाई पैदा हुन नदिन र शान्ति कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

    आज युक्रेनमा जुन स्थिति उत्पन्न भएको छ, त्यो त्यहाँको मात्र समस्या नभएर विश्वभरिको नै समस्या हो । साम्राज्यवादी शक्तिहरूले आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्नका लागि विभिन्न देशमा आफ्ना साम्राज्यवादी गतिविधि बढाएर लैजान्छन् वा युद्धसमेत गर्ने गर्दछन् । त्यसले गर्दाखेरि सम्पूर्ण विश्वको शान्तिमा नै गम्भीर खतरा उत्पन्न भएको छ । संसारका सम्पूर्ण साम्राज्यवाद विरोधी र शान्तिप्रेमी जनताको आन्दोलनद्वारा नै साम्राज्यवादीका त्यस प्रकारका गतिविधि वा युद्धको खतरालाई रोक्न तथा शान्तिको रक्षा गर्न पनि सकिन्छ ।

    नेपालमा एम.सी.सी. को प्रश्न अत्यन्त गम्भीर बनेर गएको छ । अमेरिकाले एकातिर, खुल्ला प्रकारले धम्की दिएर र अर्कातिर, विभिन्न राजनीतिक पार्टीहरूमाथि दबाब बढाएर एम.सी.सी. को प्रस्तावलाई संसद्द्वारा पारित गराउनका लागि पूरा शक्ति लगाइरहेको छ । यो कुरा प्रष्ट छ कि एम.सी.सी. इन्डो–प्यासिफिक रणनीतिको अङ्ग हो, त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति तथा बृहत्तर राष्ट्रिय हितमाथि नै गम्भीर आँच पुग्ने छ । वास्तवमा एम.सी.सी. सामान्य आर्थिक वा विकाससम्बन्धी सम्झौता मात्रै होइन, त्यो सम्झौताको माध्यमद्वारा अमेरिकाले नेपालमाथि कैयौँ प्रकारले नियन्त्रण गर्ने षड्यन्त्र गरेको छ र त्यसका गम्भीर प्रकारका दूरगामी परिणाम हुने छन् । त्यसैले हाम्रो पार्टीले सुरुदेखि नै त्यसलाई सम्पूर्ण रूपले खारेज गर्नुपर्ने माग गर्दै आएको छ र आफ्नो एकल पहलकदमीमा वा अन्य कतिपय वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग मिलेर त्यसका विरुद्ध देशव्यापी रूपमा सङ्घर्ष गर्दै आएको छ ।

    गत कालमा पाँचदलीय गठबन्धनले प्रतिगमनका विरुद्धको सङ्घर्षमा जुन महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको छ, नेपालको राजनीतिमा त्यसको कति धेरै योगदान रहेको छ ? त्यो कुरा बुझ्न गाह्रो पर्दैन तर अहिले एम.सी.सी. का कारणले त्यो गठबन्धन नै टुट्ने प्रकारका कैयौँ सङ्केत देखा पर्न थालेका छन् । त्यसो भयो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने छ । त्यसको परिणामस्वरूप देश प्रतिगमनको दिशामा जाने मात्र होइन, देशमा फासिस्ट शासन कायम हुने समेतखतरा रहने छ । त्यसैले एम.सी.सी. जस्तो राष्ट्रघाती सम्झौतालाई संसद्द्वारा पारित गराउनको लागि पाँचदलीय गठबन्धनलाई भङ्ग गर्ने काम पनि अत्यन्त घातक हुने छ । त्यसरी हाम्रो पार्टीले एकातिर संसद्द्वारा एम.सी.सी. लाई पारित गराउने जस्ता सबै गतिविधि बन्द गर्न र अर्कातिर पाँचदलीय गठबन्धनलाई बचाउन पनि सम्बन्धित सबै पक्षको ध्यान आकर्षित गराउन चाहन्छ ।”

    शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.