कैलाली । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध कैलालीको जोशीपुरमा विरोध प्रदर्शन गरिएको छ ।
Advertisement
नेकपा (मसाल) सहित विभिन्न राजनीतिक दलले देशब्यापी रुपमा आयोजना गरेको कार्यक्रम अन्तर्गत जोशीपुरमा प्रदर्शन र कोणसभा गरिएको हो ।
कार्यक्रमलाई राष्ट्रिय जनमार्चा कैलालीका अध्यक्ष दयाराम सन्ज्याल, नेकपाा जिल्ला सचिवालय सदस्य जितु मगर, देजमोबाट टंक कोइराला, नेकपा क्रान्तिकारी (माओवादी) का जिल्ला सेक्रेटरी रुद्र कडेल र माओवादी केन्द्र (समाजबादीका जंग बहादुर देउवाले सम्बोधन गर्नुभएको थियो ।
विष्णु देवकोटाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा राजमो कैलाली जिल्ला सचिवालय सदस्य मेयर जङ शाही लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।