वसन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ६ मा अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । भेलाले नारायण थापाको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा शुसिल बेलवासे, सचिव कमल गैरे, सह सचिव फूलमाया सुनार र कोषाध्यक्षमा शान्ता सुनार चयन हुनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापा, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कुलराज खनाल, राष्ट्रिय जनमोर्चा भूमिकास्थन नगर सदस्य उमानन्द गैरे, राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष मित्रलाल पोख्रेल, जिल्ला सल्लाहकार द्रोण भण्डारी, बुद्धिजीवी संघका खिमानन्द बेलवासे, जातीय समता समाजका जिल्ला सल्लाहकार चेतबहादुर
विक, भूमिकास्थान नगरपालिका ६ का वडा सदस्य निम बहादुर बस्नेत लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम अखिल नेपाल युवक संघ भूमिकास्थान ६ का सदस्य फुलमाया सुनारको अध्यक्षता, प्रकाश पौडेलको संचालन र बुद्धिराज बन्जाडेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।