• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मल्लरानी घटनामा माफी माग्न नेकपा (मसाल) को विप्लव समूहसित आग्रह


  •   बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले प्युठान मल्लरानी घटनामा माफी माग्न नेकपा (विप्लव) समूहसित आग्रह गरेको छ । फागुन ९ गते राष्ट्रिय जनमोर्चाको तर्फबाट मल्लरानीमा निर्वाचित गाउँपालिका अध्यक्ष अमरध्वज रानासहितलाई कालो मोसो दलिएपछि पार्टीले विप्लव समूहसित यस्तो आग्रह गरेको हो ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७८ फागुन १० गते जारी गरिएको प्रेसविज्ञप्तिमा एकातिर, एम.सी.सी. को विरुद्धमा सहकार्य अत्यन्तै आवश्यक रहेको र अर्कातिर, वामपन्थी शक्तिमाझको कार्यगत एकतालाई कमजोर पार्न नेकपा (एमाले) ले प्रयास गरिरहेको सन्दर्भमा विप्लव पक्षसित त्यस सम्बन्धमा गम्भीर हुन माग गरिएको छ ।

    मल्लरानी प्रकरणमा पाँच बुँदे निर्णयसमेत सार्वजनिक गरिएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
    “प्युठान मल्लरानी गाउँपालिकाका अध्यक्ष का. अमरध्वज रानालाई नेकपा (विप्लव) पक्षका कार्यकर्ताहरूले फागुन ९ गते कालोमोसो दलेको घटनालाई नेकपा (मसाल) ले गम्भीर रूपमा लिएको छ ।

    नेकपा (विप्लव) पक्षलाई हाम्रो पार्टीले मित्रशक्तिको रूपमा लिएको छ र एम.सी.सी. का विरुद्ध उनीहरूसित राष्ट्रिय स्तरमा नै सहकार्य भइरहेको छ । हिजो मल्लरानी गाउँपालिकाअन्तर्गतको सरङकोटमा एउटा विद्यालयमा स्कुलसित सम्बन्धित कुनै विषयमा छलफलका लागि गएको बेलामा विप्लव पक्षका केही कार्यकर्ताहरूले अकस्मात आएर अमरध्वजसमेत त्यो गाउँपालिकाका अन्य कतिपय अधीकृत र कर्मचारीसमेतलाई कालोमोसो दलेर फरार भएका थिए । अमरध्वज राना अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय महासचिव पनि हुनुहुन्छ ।

    सरङकोटमा अमरध्वज रानासमेत माथि जुन कारबाही भयो, त्यो वडाको अध्यक्ष एमालेका कार्यकर्ता नै हुन् तर त्यो दिनको बैठकमा उनी त्यहाँ आएका थिएनन् । त्यसबाट यो अनुमान गर्न सकिन्छ कि एमालेसमेत सित मिलोमतो गरेर सुनियोजित प्रकारले नै त्यस प्रकारको घटना घटाइएको थियो । त्यो पालिकामा राष्ट्रिय जनमोर्चाले नै जितेको हुनाले छिट्टै हुन थालिरहेको स्थानीय चुनावमा राजमोलाई कमजोर पार्न एमालेसित साँठगाँठ गरेर त्यो घटना घटाइएको थियो भन्नका लागि शङ्का गर्ने ठाँउ छ ।

    प्युठानमा विप्लव पक्षका कार्यकर्ताहरूले पहिले झिमरुक र मल्लरानी गाउँपालिकामा चन्दा मागेर कैयौँ धम्की पनि दिँदै आएका थिए तर त्यहाँ त्यस प्रकारका धम्कीले काम नगरेपछि अहिले उनीहरू प्रत्यक्ष कारबाहीमा अगाडि आएको कुरा पनि प्रष्ट छ ।

    देशमा एम.सी.सी.का विरुद्ध विप्लव पक्षसित समेत मिलेर राजमोले संयुक्त आन्दोलन चलाइरहेको बेलामा स्थानीय स्तरमा गरिएको त्यो कारबाही अत्यन्त दुःख र क्षोभको कुरा हो र त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने कुरा प्रष्ट छ ।

    मल्लरानीको त्यो घटनामाथि विचार गर्नका लागि नेकपा (मसाल) को केन्द्रीय कार्यालयको भर्चुअल बैठक आजै बसेको थियो । त्यो बैठकले सर्वप्रथम सरङकोटमा गरिएको त्यस प्रकारको कारबाहीको तीव्र शब्दमा निन्दा र भत्र्सना गर्दै त्यसबारे तल लेखिएअनुसारका निर्णयहरू गरेको छ :

    १) त्यस प्रकारका सत्रुतापूर्ण कारबाही बन्द गर्नका लागि चेतावनी दिने ।

    २) त्यो घटनाका लागि जिम्मेवार कार्यकर्तामाथि कारबाही गर्ने र सार्वजनिक रूपले माफी माग्न लगाउने वा उनीहरूले माफी नमागेमा केन्द्रले नै त्यसका लागि माफी माग्ने ।

    ३) प्युठानमा उनीहरूसितको कार्यगत एकता बन्द गर्ने र त्यहाँ उनीहरूका विरुद्ध भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने ।

    ४) सरङकोटको घटनामा संलग्न कार्यकर्तामाथि कारबाही नगरेमा वा सार्वजनिक रूपमा माफी माग्ने कामसमेत नगरेमा विप्लव पक्षसितको कार्यगत एकता वा सहकार्यको नीतिबारे पनि पुनर्विचार गर्ने ।

    ५) त्यस प्रकारको दुव्र्यवहारका लागि आवश्यक कानुनी कारबाही अगाडि बढाउने ।

    हामीले विप्लव पक्षसित कैयौँ गम्भीर प्रकारका सैद्धान्तिक र राजनीतिक मतभेद भए पनि त्यसलाई एउटा वामपन्थी र मित्रशक्ति मान्दै आएका छौँ । देशका कतिपय राजनीतिक प्रश्नमा लामो समयदेखि त्योसित मिलेर संयुक्त आन्दोलन पनि गर्दै आएका छौँ । त्यसरी त्योसितको कार्यगत एकता वा सहकार्यलाई हामीले गम्भीर अर्थ र महत्त्व दिने गरेका छौँ । तर बिच बिचमा उनीहरूले अपनाउने त्यस प्रकारका सत्रुतापूर्ण कारबाहीबाट हाम्रो एकतामा बारम्बार बाधा पुग्ने गरेको छ र अहिले पुनः त्यस प्रकारको कारबाहीको पुनरावृत्ति भएको छ । तैपनि त्यो कारणले एम.सी.सी. का विरुद्ध भइरहेको संयुक्त आन्दोलनमा बाधा पुग्न नदिने हाम्रो प्रयत्न हुने छ । अहिले प्युठानमा भएको घटनाबारे सही दृष्टिकोण अपनाएर वामपन्थी शक्तिहरूका बिचको कार्यगत एकता र सहकार्यलाई निरन्तरता दिन उनीहरूले सकारात्मक भूमिका खेल्नेछन् भन्ने हामीले आशा गरेका छौँ ।

    एमालेले वामपन्थीहरूका बिचको कार्यगत एकता वा सहकार्यलाई तोड्न विभिन्न प्रकारले षड्यन्त्र गरिरहेको कुराको सजिलैसँग अनुमान गर्न सकिन्छ । प्युठानको घटनालाई पनि वामपन्थी शक्तिबिचको एकतालाई कमजोर पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपले उनीहरूले (एमालेले) उपयोग गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । एउटा वामपन्थी शक्तिको हैसियतले नेकपा (विप्लव) पक्षले पनि त्यसप्रति ध्यान दिने छ र वामपन्थी शक्तिका बिचको कार्यगत एकता वा सहकार्यलाई सुदृढ पार्न सधैँ प्रयत्न गरिरहने छ भन्ने हामीले आशा गरेका छौँ ।”

    • प्युठानमा मसालद्वारा विप्लव समूहसँगको कार्यगत एकता स्थगित

     

    बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.