हरिप्रसाद सापकोटा, कलैया ।
राष्ट्रिय जनमोर्चा मधेस प्रदेशको अध्यक्षमा शेरबहादुर कार्की (बारा) चयन हुनुभएको छ ।
२०७८ फागुन ६ गते बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१४ स्थित जनकल्याण हलमा सम्पन्न प्रथम मधेस प्रदेश सम्मेलनले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
सम्मेलनले कार्कीको अध्यक्षतामा १५ सदस्यीय राजमो मधेस प्रदेश समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धर्माननद सुवेदी, सचिवमा बालकृष्ण आचार्य, सहसचिवमा हेमा केसी र कोषाध्यक्षमा नवराज पौडेल रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा हरिकिशोर महतो, हिमालचन्द्र गौतम, सेखनुरुल आलम, नेत्र पौडेल, जीवनकुमार भट्टराई, सरस्वती पौडेल, विष्णु क्षेत्री र राधिका श्रेष्ठ रहनुभएको छ भने सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।
एवम् प्रकारले वैकल्पिक सदस्यमा फूल महमद, अतिउल्लाह महमद र सल्लाहकारमा काजीलाल वाइबा चयन हुनुभएको छ ।