• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सार्वभौमसत्तासम्पन्न देशको हैसियतमा नेपालले एम.सी.सी. बारे निर्णय लिनुपर्छ : भट्ट (भिडियो)


  •   बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा/डम्मर कार्की, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपालले सार्वभौमसत्तासम्पन्न देशको हैसियतमा एम.सी.सी. बारे निर्णय लिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    महासचिव भट्ट राजमो काठमाडौँको आयोजनामा २०७८ फागुन ४ गते राजधानीको शान्तिवाटिकामा आयोजित विरोधसभामा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै हुनुहुन्थ्यो ।

    ‘जसरी अमेरिका, चीन जस्ता देशहरू सार्वभौमसत्तासम्पन्न देश हुन्’ उहाँले अगाडि भन्नुभयो– ‘उनीहरूले त्यसैगरी विदेशनीतिबारे निर्णय लिन्छन् । नेपालले पनि एउटा सार्वभौमसत्तासम्पन्न देशको रूपमा एम.सी.सी. बारे निर्णय लिनुपर्दछ ।’

    नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो– ‘कुन देशसँग कस्तो सम्बन्ध राख्ने ? त्यो सार्वभौमसत्तासम्पन्न देशले आफै निर्णय गर्ने विषय हो । नेपालले पनि त्यसैगरी निर्णय लिनुपर्दछ ।’

    महासचिव भट्टले एम.सी.सी. को सन्दर्भमा त्यो नेपालको राष्ट्रिय सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिको विरोधमा रहेकाले त्यसलाई कुनै पनि हालमा स्वीकार गर्न नसकिने बताउनुभयो ।

    कोशी सम्झौतामा हतार गर्दा त्यसको परिणाम नेपालले अहिलेसम्म पनि भोग्दै आएको उहाँले सम्बोधनको क्रममा उल्लेख गर्नुभयो ।

    ‘कोशी सम्झौतामा जसरी एक दिनको बैठकबाट निर्णय भयो’ उहाँले भन्नुभयो– ‘अहिले एम.सी.सी. को विषयमा त्यस्तो हतार गर्ने गल्ती नगरेर यसलाई पूरै फिर्ता पठाउनुपर्छ ।’

    विरोधसभामा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एम.सी.सी. कुनै विदेशी दातृ निकायले दिने बैदेसिक सहायता जस्तो मात्र नभएको बताउनुभयो ।

    ‘एम.सी.सी. विशुद्ध विदेशी अनुदान होइन, त्यसो भएको भए यो रकम युएसएडमार्फत् आउन सक्थ्यो’ उहाँले भन्नुभयो– ‘एम.सी.सी. अमेरिकी साम्राज्यवादको सुरक्षा रणनीतिसित जोडिएको र फलस्वरूप नेपालको असंलग्न परराष्ट्र नीतिको विरोधमा भएकाले त्यसलाई संसद्बाट पारित गर्ने विषयको हाम्रो पार्टी विरोधमा छ ।’

    प्रवक्ता पुरीले एम.सी.सी. विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाएर लैजानुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

    जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका नवनिर्वाचित सदस्य राजेश विश्वकर्माले कार्यक्रममा सम्बोधन गर्दै एम.सी.सी. पारित भए नेपालले अफगानिस्तान र सिरियाको नियति भोग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    ‘जसरी अफगानिस्तान र सिरियाले अरूका लागि युद्धमैदानको नियति भोगिरहेका छन्’ राष्ट्रियसभाका सांसद विश्वकर्माले भन्नुभयो– ‘हामीले बेलैमा त्यस्तो गल्ती नगर्नका लागि राजनीतिक खबरदारी गर्नुपर्छ ।’

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले नेपाली काङ्ग्रेसलाई नेपाली जनताले अमूल्य मत दिएर संसद्मा दोस्रो ठुलो पार्टी बनाए पनि एम.सी.सी. पास गर्न खोजेर जनताको भावनामाथि खेलवाड गरेको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो– ‘नेपाली काङ्ग्रेसले एम.सी.सी. भन्दा देशको राष्ट्रिय सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिप्रति जवाफदेही हुनुपर्छ ।’

    उहाँले नेपाली काङ्ग्रेसलाई सरकारमा रहँदा आपूmलाई भोट दिने जनता र देशको हितमा काम गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंहले गर्नुभएको थियो ।

    बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.