महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १० मा राष्ट्रिय जनमोर्चाको संगठन निर्माण भएको छ ।
Advertisement
राजमो कार्यालय सचिव लाल बहादुर कुँवरको प्रमुख आथित्वमा मंगलबार भएको भेलाले समिति गठन गरेको हो ।
धना श्रेष्ठको अध्यक्षतामा गठित ११ सदस्यीय वडा समितिको सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश यशोदा भट्ट, ज्योति भट्ट र माया नाथ रहनुभएको छ ।
सदस्यहरुमा शंकर रैकाल, माया नाथ, घुम्मन चौधरी, पबित्रा काफ्ले, चन्द्रसिंह बोहरा, दलजित बोहरा, लक्ष्मी श्रेष्ठ, र लक्ष्मी दमाई रहनु भएको छ । भेलामा नगर सदस्य ईन्द्र दमाईको समेत आथित्यता रहेको थियो ।