• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चोलेन्द्रविरुद्ध संसदीय सुनुवाइ समितिमा हामीले लिएको अडान सही प्रमाणित : केसी


  •   आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन हुँदैन भनेर पार्टीले लिएको अडान सही प्रमाणित भएको बताउनुभएको छ ।

    Advertisement

    राणालाई सर्वोच्चमा ल्याउन विषयमा संसदीय सुनुवाई समितिमा राजमोको तर्फबाट अध्यक्ष केसीले अन्तिमसम्म अडान राख्नुभएको थियो । तर, अन्य दलहरुले भागबण्डामा राणालाई सर्वोच्चको न्यायाधीश बनाएका थिए ।

    राणाको विवादित छबिका कारण उनलाई सर्वोच्चमा ल्याउन नहुने अडान राखेको राजमोले सर्वोच्चमा जारी आन्दोलनलाई समेत समर्थन गरेको थियो । अहिले संसदमा पेश भएको महाअभियोग प्रस्तावलाई राजमोले समर्थन गरेको छ ।

    अध्यक्ष केसीद्वारा आइतबार जारी वक्तव्यमा भनिएको छः
    ‘प्रधानान्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणाका विरुद्ध संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्तावलाई हाम्रो पार्टीले समर्थन गर्दछ ।

    सो विषय संसदमा निर्णायार्थ प्रस्तुत गर्दा राष्ट्रिय जनमोर्चाका सांसदले महाभियोगको प्रस्तावको पक्षमा मतदान गर्ने छन् । प्रधानान्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने वा नगर्ने विषयमा संसदीय सुनुवाई समितिमा निकै लामो छलफल र संघर्ष भएको थियो ।

    संसदीय सुनुवाई समितिमा सो विषयमा मैले हाम्रो पार्टीको तर्फबाट चोलेन्द्र शमशेरका विरुद्ध निजलाई न्यायधीशमा नियुक्त गर्न हुन्न भनेर अन्तिम समयसम्म संघर्ष गरेको थिएँ । प्रधानान्यायाधीशका विरुद्ध सर्वोच्च अदालतभित्र न्यायिक शुद्धताका लागि वकिलहरुले चलाएको आन्दोलनप्रति पनि हाम्रो दलले ऐक्यबद्धता प्रकट गरेको थियो ।

    तर निजको राजीनामाको विषयलाई हामीले स्वीकार गरेका थिएनौँ । राजीनामा दिने वा नदिने कुराको अन्तिम फैसला गर्ने अधिकार प्रधानान्यायाधीशमा नै हुन्छ र कुनै पनि ऐन वा नियमले त्यसका लागि उनलाई बाध्य गराउन सक्दैनथ्यो ।

    उनलाई पदबाट हटाउनका लागि उपयुक्त माध्यम महाभियोगको प्रस्ताव नै थियो । त्यो कार्य धेरै सांसदहरुको सहमतिबाट नै हुन सक्थ्यो ।

    तर हाम्रो प्रष्ट दृष्टिकोण थियो कि, संसदका बहुमत सदस्यहरुले महाभियोगको प्रस्ताव अगाडि बढाएमा त्यसलाई समर्थन गर्ने नीति अनुसार नै हामीले महाभियोगको प्रस्तावलाई समर्थन गरेका छौँ र त्यसको पक्षमा संसदमा मतदान गर्ने प्रतिबद्धता पनि प्रकट गर्दछौँ ।’
    मितिः २०७८ फागुन १
    चित्रबहादुर के.सी.
    अध्यक्ष

    आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.