दाङ । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिकाले फागुन महिनाभरि संगठनात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
Advertisement
शुक्रबार राप्ती गाउँपालिका– २ मा बसेको गाउँसमतिकिो बिस्तारित बैठकले संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार टोल स्तरीय भेला, बैठक, प्रशिक्षण र जनभेटघाट लगायतका कार्यक्रम गर्ने राजमोले जनाएको छ ।
वडा अध्यक्ष वासुदेव थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्य, जिल्ला सदस्य केसव खनाल, जिल्ला सल्लाहकार रमेशमान गुरुङ, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, गिरबहादुर पौडेल, अखिल नेपाल महिला संघ राप्ती गाउँपालिका अध्यक्ष कृष्णा पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन वडा सचिव मनबहादुर पुनेले गर्नु भएको थियो ।